चुनाव सकिएर पनि मतपरिणाम कुर्दै बस्नुपर्दा उमेदवारको अनुभूति

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १७, २०७४
|
|
२७ पटक हेरिएको
Shares
चुनाव सकिएर पनि मतपरिणाम कुर्दै बस्नुपर्दा उमेदवारको अनुभूति

सारांश

  • ताला माथि ताला झुन्ड्याइएका बन्द कोठा ।
  • झ्याल ढोकामा चौबिसै घन्टा बन्दुक बोकेका सुरक्षाकर्मीको पहरा।
  • निर्वाचन जित्न आफूले गरेको मिहिनेतको प्रतिफल बन्द भएको कोठा ।

ताला माथि ताला झुन्ड्याइएका बन्द कोठा । झ्याल ढोकामा चौबिसै घन्टा बन्दुक बोकेका सुरक्षाकर्मीको पहरा।

निर्वाचन जित्न आफूले गरेको मिहिनेतको प्रतिफल बन्द भएको कोठा । पहिलो चरणमा चुनाव सकिएका ३२ जिल्लाकै प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवार जिल्ला सदरमुकामका त्यही कोठाभित्र बन्द भएका मतपेटिका सम्झिएर अहिले चुनावी जित हारको लेखाजोखा गर्दै बसेका छन् ।

‘दिनभर पार्टीका कार्यक्रम, दोस्रो चरणको चुनाव हुने जिल्लाको तयारीको दौडधूपले थकित भइन्छ । बेलुकी सुत्ने बेला आफ्नो क्षेत्रको बन्दकोठा भित्र रहेको मतपेटिकाको सम्झना आउँछ,’ ओखलढुंगा कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार रामहरि खतिवडाले मतपरिणाम कुर्दै बस्नुपर्दाको अनुभूति सुनाए ।

उनी एमालेका यज्ञराज सुनुवारसँग प्रतिस्पर्धामा छन् ।त्यहाँ पहिलो चरण अन्तर्गत मंसिर १० मा निर्वाचन भइसकेको छ । मतपेटिका तीन वटा सुरक्षा घेरामा सिलबन्दी गरेर राखिएको छ । आफू निर्वाचन लडेको क्षेत्रको मतपेटिका बन्दकोठा भित्र थन्क्याएर उनी उदयपुरको चुनावी कार्यक्रममा व्यस्त छन् । तर उनको मन भने आफ्नै क्षेत्रको मतपेटिकामा छ।

‘सुत्ने बेला मतपेटिका सम्झन्छु, एकछिन बहलाउँछु र मन कुदाउँछु,’ खतिवडाले भने, ‘सरसर्ती ओखलढुंगाको सबै पाखा पखेरा दिमागमा आउँछन्, अनि आफैँ मनमनै समीक्षा गर्छु । चुनाव जित्ने नै देख्छु र निदाउँछु ।’

उनले निर्वाचन जित्लान्हा/र्लान्, परिणाम कुर्न अझै साता दिन कुर्नै पर्छ । तर उनी आफूलाई एसएलसीको परीक्षा दिएर परिणाम कुरेर बसेको विद्यार्थीका रूपमा अथ्र्याउँछन् । ‘एसएलसी दिएर बसेका विद्यार्थीमा आफैँले नदेखे सम्म कौतुहलता जागिरहन्छ, अहिले मलाई पनि त्यस्तै भइरहेको छ,’ खतिवडा भन्छन्, ‘जनताले जित्छस् भन्छन्, उत्साही पनि छु तैपनि परिणाम घोषणा कुरेर बसेको छु।’

नुवाकोट १ मा कांग्रेसका प्रभावशाली नेता डा. रामशरण महतसँग चुनाव लडेका माओवादी केन्द्रका हितबहादुर तामाङको अवस्था पनि त्यस्तै छ । मतपेटिकामा कैद भएको सम्भावित परिणामले उनलाई हुटहुटी जगाउँछ । य

स अगाडिका दुईवटा निर्वाचनमा (०६४ र ०७०) महतसँगै पराजित भएका तामाङ यसपटक आफ्नो जितमा विश्वस्त देखिएका छन् ।
अन्नपूर्णबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीले इयुलाई भने, ‘हामीलाई हेपेको ?’
बाँके घटनाका दोषीलाई कारवाही हुन्छ ः गृहमन्त्री
बाँके घटनाका दोषीलाई कारवाही हुन्छ ः गृहमन्त्री
बेला न कुबेला गिट्टी बरर्रः याे कस्ताे तमाशा हाे ? चैतमै सक्नुपर्ने काम बल्ल सुरु !
बेला न कुबेला गिट्टी बरर्रः याे कस्ताे तमाशा हाे ? चैतमै सक्नुपर्ने काम बल्ल सुरु !
बिरगंज महानगरमा  राजपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा फेरि लियो काँग्रेशले अग्रता ।
बिरगंज महानगरमा राजपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा फेरि लियो काँग्रेशले अग्रता ।
बद्री केसी र आरके शर्माबीच भेटवार्ता, पुनःनिर्वाचनको ‘बटमलाइन’
बद्री केसी र आरके शर्माबीच भेटवार्ता, पुनःनिर्वाचनको ‘बटमलाइन’
पराल लिएर आउँदै गरेको ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
पराल लिएर आउँदै गरेको ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
वज्रयान महाविहारमा लोकेश्वरको मुर्ति स्थापना
वज्रयान महाविहारमा लोकेश्वरको मुर्ति स्थापना
एक दिनमा २७ हार्ट अट्याक, तर पनि मान्छे जिवितै
एक दिनमा २७ हार्ट अट्याक, तर पनि मान्छे जिवितै
तपाईको आज : यस्तो छ कात्तिक २५ गतेको राशिफल
तपाईको आज : यस्तो छ कात्तिक २५ गतेको राशिफल
“हामीलाई भरोसा बाँड्छन्, धम्क्याएरै भोट लिन्छन् ।” -स्थानिय
“हामीलाई भरोसा बाँड्छन्, धम्क्याएरै भोट लिन्छन् ।” -स्थानिय

तपाईंले छुटाउनुभयो कि?