धनगढी विमानस्थलको अनुगमन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ३, २०७६
|
|
१८ पटक हेरिएको
Shares
धनगढी विमानस्थलको अनुगमन

सारांश

  • कैलाली, ३ जेठ ।
  • स्तोरोन्नतिका लागि निर्माणकार्य भइरहेको कैलालीको धनगढी विमानस्थलको बिहीबार यहाँका स्थानीय जनप्रतिनिधिलगायत सरोकारवालाले अनुगमन गरेका छन् ।
  • धावनमार्ग र पार्किङ क्षेत्र विस्तारको मर्मतकार्य भइरहेको विमानस्थलको धनगढी उपमहानगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी र कैलाली उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको टोलीले अनुगमन गरेका हुन् ।

कैलाली, ३ जेठ । स्तोरोन्नतिका लागि निर्माणकार्य भइरहेको कैलालीको धनगढी विमानस्थलको बिहीबार यहाँका स्थानीय जनप्रतिनिधिलगायत सरोकारवालाले अनुगमन गरेका छन् । धावनमार्ग र पार्किङ क्षेत्र विस्तारको मर्मतकार्य भइरहेको विमानस्थलको धनगढी उपमहानगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी र कैलाली उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको टोलीले अनुगमन गरेका हुन् ।

सोही क्रममा उपमहानगरप्रमुख नृपबहादुर वडले निर्धारित समयभित्र काम सम्पन्न गर्न स्थानीय सरकार र स्थानीय प्रशासनले गर्नुपर्ने सहजीकरणका लागि तयार रहेको बताउनुभयो । कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले निर्माण कम्पनीले स्रोतसाधन प्रयोग गरेर मर्मतलाई गति दिएकाले आशलाग्दो प्रगति देखिएको बताउनुभयो ।

धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले काम समयमै सम्पन्न गर्न अनुगमनलाई निरन्तरता दिनुपर्ने आवश्यक रहेको उल्लेख गर्नुभयो । अहिले ६० मिटर चौडाइ र एक हजार ८०० मिटर लम्बाइको कालोपत्र धावनमार्ग रहेकामा धावनमार्ग स्तरवृद्धिसँगै दुवैतर्फ दुईरदुई मिटर फराकिलो बनाउने योजनासमेत रहेको बताइएको छ ।

यस्तै अहिले तीन जहाज पार्किङ व्यवस्था रहेकामा अब थप एक जहाज पार्किङ गर्नसक्ने गरी पार्किङ क्षेत्र विस्तारको काम भइरहेको छ । विमानस्थलमा एप्रोच लाइट र अन्य लाइटहरु, थप सञ्चार उपकरण वृद्धिलगायतका सेवा थप र विस्तारको योजना पनि रहेको जनाइएको छ । विमानस्थलको मर्मत कार्य भइरहेकाले वैशाख २२ गतेदेखि जेठ २१ गते सम्म अर्थात् एक महीनाका लागि नियमित हवाई उडान बन्द गरिएको छ ।
धनगढी विमानस्थल नेपालको त्रिभुवन विमानस्थलपछिको ठूलो दोस्रो धावनमार्ग भएको विमानस्थल हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिले सङ्घीय संसद्को बैठकलाई सम्बोधन गर्ने
राष्ट्रपतिले सङ्घीय संसद्को बैठकलाई सम्बोधन गर्ने
सरकार निर्माण र पार्टी एकतामध्ये कुन पहिला भन्न सकिने अवस्था छैन : रावल
सरकार निर्माण र पार्टी एकतामध्ये कुन पहिला भन्न सकिने अवस्था छैन : रावल
करेन्ट लागेर तामाङको मृत्यु
करेन्ट लागेर तामाङको मृत्यु
यस्ता छन् नेता शेखर कोइरालाले कांग्रेस बैठकमा राखेका १५ बुँदे धारणा (पूर्णपाठसहित)
यस्ता छन् नेता शेखर कोइरालाले कांग्रेस बैठकमा राखेका १५ बुँदे धारणा (पूर्णपाठसहित)
काभ्रेको पनौतीमा एमाले विजयी
काभ्रेको पनौतीमा एमाले विजयी
उपेन्द्र यादव मोरङ क्षेत्र नं-५ बाट सिफारिस
उपेन्द्र यादव मोरङ क्षेत्र नं-५ बाट सिफारिस
स्थानीय प्रशासन र जनप्रतिनिधिको मिलेमतोमा चुरे दोहन जथाभावी उत्खनन् गर्दा तराईको उब्जाउ भूमि मरुभूमि बन्दै
स्थानीय प्रशासन र जनप्रतिनिधिको मिलेमतोमा चुरे दोहन जथाभावी उत्खनन् गर्दा तराईको उब्जाउ भूमि मरुभूमि बन्दै
निर्वाचनले श्रीमान–श्रीमतीको सम्बन्ध बिच्छेद..
निर्वाचनले श्रीमान–श्रीमतीको सम्बन्ध बिच्छेद..
पार्टीभित्र गम्भीर समीक्षा गर्दै कम्युनिष्टहरु एक हुनुपर्छः प्रचण्ड
पार्टीभित्र गम्भीर समीक्षा गर्दै कम्युनिष्टहरु एक हुनुपर्छः प्रचण्ड
रोनाल्डो बिना बराबरीमा रोकियो पोर्चुगल
रोनाल्डो बिना बराबरीमा रोकियो पोर्चुगल

तपाईंले छुटाउनुभयो कि?