सरकार निर्माण र पार्टी एकतामध्ये कुन पहिला भन्न सकिने अवस्था छैन : रावल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०७४
|
|
२० पटक हेरिएको
Shares
सरकार निर्माण र पार्टी एकतामध्ये कुन पहिला भन्न सकिने अवस्था छैन : रावल

सारांश

  • १६ माघ, काठमाण्डौ ।
  • नेकपा एमालेका उपाध्यक्ष भिम रावलले एमाले र माओवादी पार्टी एकता प्रक्रियामै केन्द्रित भएको भन्दै भागबण्डामा रुमल्लिएको भन्ने भनाईको खण्डन गरेका छन् ।
  • नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै रावलले एकता प्रक्रिया अगाडि बढ्दै गएको बताए ।

१६ माघ, काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले एमाले र माओवादी पार्टी एकता प्रक्रियामै केन्द्रित भएको भन्दै भागबण्डामा रुमल्लिएको भन्ने भनाईको खण्डन गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै रावलले एकता प्रक्रिया अगाडि बढ्दै गएको बताए ।

सरकार निर्माण प्रक्रियाका कारण एकता प्रक्रिया नरोकिने उनको भनाई छ । ‘पार्टी एकता र सरकार निर्माणको प्रक्रिया सँगसँगै अगाडि लैजान्छौँ ।’ रावलले भने । ‘एकताको मुख्य स्वार्थ भनेको राष्ट्रिय हित हो । नेपाली जनता र देशको प्रगति हो । विचार र संगठनलाई कसरी व्यवस्थित गर्ने भन्ने विषय एकसाथ अगाडि बढाउँछौँ ।’

नीति र नेतृत्वमा सहमति गरेरै पार्टी एकता गरिने रावलको दाबी छ । अहिलेको अवस्थामा सरकार निर्माण र पार्टी एकतामध्ये कुन पहिला भन्न सकिने अवस्था नरहेको उनको भनाई छ । ‘अलिकति समय त लाग्छ । सरकार निर्माणको प्रक्रिया अगाडि आइहाल्यो भने हामी पर्खिन सक्दैनौँ । सँगसँगै पार्टी एकताका कामहरुपनि भइरहेको छ ।’ रावलले भने ।

रावलले आजै एमाले स्थायी समिति बैठक बस्ने जानकारी दिएका छन् । पार्टी एकता, प्रदेशमा मुख्यमन्त्री, सभामुख, मन्त्री चयनबारे छलफल गर्नका लागि बैठक बस्न लागिएको रावलले बताए ।

पार्टी एकताको विषयमा पनि बैठकमा छलफल हुने उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काभ्रेमा पहिरोले पुरिएर एक बालकको मृत्यु !
काभ्रेमा पहिरोले पुरिएर एक बालकको मृत्यु !
मेलम्ची खानेपानी वितरण जेठ ५ गतेदेखि बन्द हुने
मेलम्ची खानेपानी वितरण जेठ ५ गतेदेखि बन्द हुने
बागी उम्मेदवारी फिर्ता गर्न गठबन्धनको निर्देशन, फिर्ता नलिए पार्टीले निष्कासन गर्ने चेतावनी
बागी उम्मेदवारी फिर्ता गर्न गठबन्धनको निर्देशन, फिर्ता नलिए पार्टीले निष्कासन गर्ने चेतावनी
कोभिड–१९ का सूचना एउटै वेबबाट, क्वारेन्टाइनको निगरानी एप्सबाट
कोभिड–१९ का सूचना एउटै वेबबाट, क्वारेन्टाइनको निगरानी एप्सबाट
पुष्पकमल दाहालका स्वकीय सचिव पनि रहेनन् माओवादीमा
पुष्पकमल दाहालका स्वकीय सचिव पनि रहेनन् माओवादीमा
प्रतिनिधिसभा र प्रदेश सभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गर्यो इलाममा  उम्मेदवार चयन
प्रतिनिधिसभा र प्रदेश सभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गर्यो इलाममा उम्मेदवार चयन
न्यूरोडको फुटपाथ विवाद टुंगियो, अध्ययन समिति बनाउने सहमति
न्यूरोडको फुटपाथ विवाद टुंगियो, अध्ययन समिति बनाउने सहमति
विमान खरिद प्रकरणमा मुछिए संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री !
विमान खरिद प्रकरणमा मुछिए संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री !
A lot of Disadvantages of Mail Buy Brides
ध्यान दिएर पढ्नुस डिभी २०२० बारे अमेरिकी दुतावासले जारी गरेको सूचना
ध्यान दिएर पढ्नुस डिभी २०२० बारे अमेरिकी दुतावासले जारी गरेको सूचना

तपाईंले छुटाउनुभयो कि?