१४ जुवाडे पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ५, २०७६
|
|
१८ पटक हेरिएको
Shares
१४ जुवाडे पक्राउ

सारांश

  • नेपाल प्रहरीले रु ९७ हजार नगदसहित १४ जनालाई पक्राउ गरेको छ ।
  • महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले शनिबार साँझ गोङ्गबुको छुट्टाछुट्टै दुई ठाउँमा जुवा खेलिरहेको अवस्थामा छापा मार्दा उनीहरुलाई पक्राउ गरेको हो ।
  • महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले टोखा नगरपालिका–९ म्याग्दीचोकस्थित प्रेम गौचनको घरमा रु ८७ हजारसहित नौ जनालाई र टोखा नगरपालिका–९ कल्पना लिम्बूले सञ्चालन गरेको पूर्वेली खाजा घरबाट रु ११ हजार नगदसहित पाँच जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

नेपाल प्रहरीले रु ९७ हजार नगदसहित १४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले शनिबार साँझ गोङ्गबुको छुट्टाछुट्टै दुई ठाउँमा जुवा खेलिरहेको अवस्थामा छापा मार्दा उनीहरुलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले टोखा नगरपालिका–९ म्याग्दीचोकस्थित प्रेम गौचनको घरमा रु ८७ हजारसहित नौ जनालाई र टोखा नगरपालिका–९ कल्पना लिम्बूले सञ्चालन गरेको पूर्वेली खाजा घरबाट रु ११ हजार नगदसहित पाँच जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा १० पुरुष र चार महिला जुवाडे रहेका छन् । यसैगरी, शनिबारै गोङ्गबुका विभिन्न होटल, लज र रेष्टुरेन्टमा बसेर अनैतिक क्रियाकलापमा सङ्लग्न २९ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?