मंगलबार गणेशको पूजा गर्ने विधि र मन्त्र यस्तो छ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ७, २०७६
|
|
३० पटक हेरिएको
Shares
मंगलबार गणेशको पूजा गर्ने विधि र मन्त्र यस्तो छ

सारांश

  • हिन्दू धर्म अनुसार भगवान गणेशलाई सर्वश्रेष्ठ देवताको रुपमा मान्ने गरिन्छ ।
  • त्यसकारण हरेक दिन सबैभन्दा पहिले गणेशजीको पूजा गरेपछि मात्र अन्य देवतालाई पूज्ने चलन रहिआएको छ ।
  • हात्तीको शिर तथा मान्छेको जस्तो शरीर र ठूलो भुँडी भएका भगवान गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विर भगवान गणेशको नाममा वर्त बस्ने र मन्दिर गएर विधिवत रुपमा गणेशजीको पूजा गर्ने गर्छन।

हिन्दू धर्म अनुसार भगवान गणेशलाई सर्वश्रेष्ठ देवताको रुपमा मान्ने गरिन्छ । त्यसकारण हरेक दिन सबैभन्दा पहिले गणेशजीको पूजा गरेपछि मात्र अन्य देवतालाई पूज्ने चलन रहिआएको छ । हात्तीको शिर तथा मान्छेको जस्तो शरीर र ठूलो भुँडी भएका भगवान गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विर भगवान गणेशको नाममा वर्त बस्ने र मन्दिर गएर विधिवत रुपमा गणेशजीको पूजा गर्ने गर्छन। मंगल ग्रहलाई समस्याको निर्मानायकको रुपमा पूजा गर्ने गरिन्छ ।

धेरै भक्तजनहरु मंगलबाता मानिने भएकाले यसको खराब प्रभावलाई जोगाउनको लागी पनि यस दिन वर्त बसी विधिवत रुपमा भगवान गणेशको पूजा आराधना गर्ने गरिएको हो । आज हामी तपाईहरुलाई भगवान गणेशको पूजा गर्ने विधिबारे जानकारी गराऊँन जाँदै छौँ ।
पूजा विधिः

सर्वप्रथम विहान सबेरै उठेर पूर्ण शरिर नुहाउनुहोस्। त्यसपछि चोखो कपडा लगाएर घरमा सम्भव नभए नजिकैको मन्दिरमा गएर भगवान श्री गणेशको पूजा गर्नुपर्छ। यस दिन भगवान गणेशको लागि प्रिय हुने भएकाले पनि वर्त बसी विधिवत रुपमा गणेशजीको पूजा गर्दा जीवनमा सोचे अनुसारको फल मिल्छ भन्ने मान्यता रहीआएको छ।

गणेशजीको पूजा गर्दा घिउ अर्पण गर्न आवश्यक हुन्छ। भगवान गणेशलाई घिउ अर्पण गर्दा उनी छिट्टै प्रसन्न हुने हुँदा निकट भविष्यमा प्रशस्त धन लाभ गर्ने अवसर मिल्ने विश्वास रहेको छ। यसैगरि गणेशजीको पूजामा सक्खरबाट बनेका मिठाई चढाउनु पर्छ। विशेषगरि गुलियो चिज मनपराउने गणेशजीलाई लड्डु चढाउने प्रचलन रहेको छ। गणेशजीलाई पूजा गर्नु अगावै दहिले स्नान गर्नु निकै महत्वपूर्ण रहने गर्छ। त्यसैगरी भगवान गणेशको पूजामा वस्त्र समेत चढाउने गर्नुपर्छ। यी सबै विधि पूरा गरेर भगवान गणेशको पूजाआजा गर्दा विशेष कृपा मिल्ने र जीवनमा ठूलो सफलता हँसिल गर्न सकिने विश्वास रहेको छ।

गणेश पूजामा जप्नु पर्ने मन्त्र

ॐ गन गणपतय नमो नमः सिद्धि बिनायक नमो नमस् अष्टबिनायक नमो नमः

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?