काभ्रे, दोलखा र रामेछापमा निर्वाचन प्रहरी अपुग, दरखास्तको मिति थप

Developer Developer
|
शनिबार, माघ १०, २०८२
|
|
७१ पटक हेरिएको
Shares
काभ्रे, दोलखा र रामेछापमा निर्वाचन प्रहरी अपुग, दरखास्तको मिति थप

सारांश

  • १० माघ, काभ्रेपलान्चोक ।
  • काभ्रे, दोलखा र रामेछापमा निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिन २ दिनको म्याद थप भएको छ ।
  • आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि प्रहरी भर्ना, छनौट तथा नियुक्ति समिति काभ्रे, दोलखा र रामेछापले निर्वाचन प्रहरीमा दरखास्त दिनका लागि माघ १० र ११ गते गरी दुई दिन म्याद थप गरिएको हो ।

१० माघ, काभ्रेपलान्चोक । काभ्रे, दोलखा र रामेछापमा निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिन २ दिनको म्याद थप भएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि प्रहरी भर्ना, छनौट तथा नियुक्ति समिति काभ्रे, दोलखा र रामेछापले निर्वाचन प्रहरीमा दरखास्त दिनका लागि माघ १० र ११ गते गरी दुई दिन म्याद थप गरिएको हो ।

निर्वाचन प्रहरीमा दरखास्त दिन ईच्छुकले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।  जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले निर्वाचनको लागि काभ्रेमा २ हजार २ सय ६९ निर्वाचन प्रहरी माग गरिएकोमा २ हजार ४९३ जनाको आवेदन परेको थियो ।

निर्वाचन तालिका अनुसार सञ्चालन गरिएको शारीरिक, लिखित परीक्षा तथा अर्न्तवार्तामा २ हजार २८३  सहभागी भएका थिए । भोलि निर्वाचनको समयमा कोही नआएमा वैकल्पिक रूपमा राख्न नपुग्ने देखिएकाले दरखास्त दिनको लागि म्याद थप गरिएको शाहले भने ।  केन्द्रको परिपत्र अनुसार नै दरखास्तको लागि म्याद थप गरिएको हो ।

त्यस्तै, रामेछापमा निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिन आज र भोलिका लागि दुई दिन म्याद थप गरेको हो ।

निर्वाचनका लागि रामेछापमा आवश्यक  निर्वाचन प्रहरीको यसअघि खोलिएको विज्ञापन अनुसार पर्याप्त आवेदन नपरेपछि पुन: आवेदन दिने म्याद थपिएको जिल्ला प्रहरी प्रमुख भोला भट्टले जानकारी दिए ।

रामेछापमा १ हजार ३ सय ३३ निर्वाचन प्रहरी आवश्यक भएपनि हाल सम्म आवेदन दिएका ९ सय निर्वाचन प्रहरीलाई मात्र तालिम दिने काम भइरहेको प्रमुख भट्टले बताए ।

प्रतिनिधिसभा निर्वाचन कार्यविधि–२०८२ अनुसार यसअघि प्रकाशित सूचनामार्फत निर्वाचन प्रहरीका लागि शारीरिक परीक्षण, सहिष्णुता तथा लिखित परीक्षामा सहभागि हुन छुट भएका एवं नयाँ आवेदन दिन चाहानेहरूले समेत माघ ११ गतेसम्मका लागि पुन: म्याद थप गरिएको भट्टको भनाइ छ ।

त्यस्तै  दोलखाको निर्वाचन प्रहरी भर्ना छनौट शाखा नियुक्ति समितिले समेत सूचना निकालेर भर्ना मिति थपेको जनाएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को लागि स्वीकृत ‘निर्वाचन प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत  कार्यविधि–२०८२’ अनुसार निर्वाचन प्रहरी पदपूर्ति गर्न निर्वाचन प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन समितिले गत पुस २५ गते देखि माघ ३ गते सम्म निर्वाचन प्रहरी भर्नाको लागि दरखास्त आव्हान गरिएकोमा पर्याप्त आवेदन नपरेका कारण पुन: म्याद थप गरिएको प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिए ।

दोलखामा निर्वाचन प्रहरी १३०४ आवश्यक हुनेमा अझै ४७९ अपुग भएको प्रहरी निरीक्षक लुङ्गेलीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कामका लागि विदेसिएका १३ हजार नेपालीले गुमाए ज्यान
कामका लागि विदेसिएका १३ हजार नेपालीले गुमाए ज्यान
फिल्ममा हस्तमैथुन सिन गर्नुपर्‍यो भने खुशीसाथ तयार हुनेछु: किश्वर मर्चेन्ट
फिल्ममा हस्तमैथुन सिन गर्नुपर्‍यो भने खुशीसाथ तयार हुनेछु: किश्वर मर्चेन्ट
मोदीको चुनावी प्रचार अभियान बिहिबार शुरू हुने
मोदीको चुनावी प्रचार अभियान बिहिबार शुरू हुने
अन्तर्राष्ट्रिय भोजपुर गोल्डकपमा आठ टोली सहभागी
अन्तर्राष्ट्रिय भोजपुर गोल्डकपमा आठ टोली सहभागी
‘मोस्ट वान्टेड’ हुँदा पक्राउ गर्न नसकेका थापालाई सर्वेन्द्रले गरे सम्मान !
‘मोस्ट वान्टेड’ हुँदा पक्राउ गर्न नसकेका थापालाई सर्वेन्द्रले गरे सम्मान !
‘लाल पुर्जा’को दोस्रो ट्रेलर रिलिज (भिडियो)
‘लाल पुर्जा’को दोस्रो ट्रेलर रिलिज (भिडियो)
मोटरबाटो नहुँदा सुत्केरीलाई डोलीमा बोक्नुपर्ने बाध्यता
मोटरबाटो नहुँदा सुत्केरीलाई डोलीमा बोक्नुपर्ने बाध्यता
भ्रमण वर्षः कुँडुले घर हेर्न पाल्पा जाऔँ
भ्रमण वर्षः कुँडुले घर हेर्न पाल्पा जाऔँ
प्रधानमन्त्रीको संकल्पमा सबैभन्दा बढी उर्जा मन्त्रालयको योगदान : मन्त्री पुन
प्रधानमन्त्रीको संकल्पमा सबैभन्दा बढी उर्जा मन्त्रालयको योगदान : मन्त्री पुन
३३ किलाे सुन प्रकरण:  हुन्डी कारोबारीको रुपमा कुख्यात विमल पोद्दारको घरमा छापा
३३ किलाे सुन प्रकरण: हुन्डी कारोबारीको रुपमा कुख्यात विमल पोद्दारको घरमा छापा

तपाईंले छुटाउनुभयो कि?