एमालेले टुंग्यायो १४ जिल्लाका जिसस प्रमुख र उपप्रमुख उम्मेदवार
सारांश
- श्रावण १५, २०७४- एमालेले १४ जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ ।
- आइतबार बिहान अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको स्थायी कमिटीको बैठकले पार्टी जिल्ला कमिटीको सिफारिस तथा प्रदेश संगठन कमिटीको सिफारिसका आधारमा प्रमुख उपप्रमुखको टुंगो लगाएको हो ।
- रामेछाप: प्रमुख प्रेमबहादुर खड्का, उपप्रमुख दीपा पाख्रिन रसुवा : प्रमुख कुलप्रसाद भट्ट, उपप्रमुख छोपेमा तामाङ्नी मकवानपुर : प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी भक्तपुर : प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुँवर डोल्पा : प्रमुख शेरबहादुर बुढा सल्यान : उपप्रमुख कुलबहादुर गिरी कालिकोट : प्रमुख प्रेमबहादुर शाही, उपप्रमुख सरिता आचार्य जाजरकोट : प्रमुख गोरे कार्की, उपप्रमुख कमलादेवी शाही हुम्ला : उपप्रमुख खगेन्द्र कार्की सुर्खेत : प्रमुख टोपबहादुर राजकोटी, उपप्रमुख दीपा मल्ल मुगु : प्रमुख पुर्णबहादुर रोकाय, उपप्रमुख कर्णशिला मल्ल खोटाङ : प्रमुख बबी चाम्लिङ, उपप्रमुख गोमा खत्री इलाम : प्रमुख गणेश बराल, उपप्रमुख चित्रकला बराइली बझाङ : प्रमुख खड्गबहादुर खड्का, उपप्रमुख भागिरथी अवस्थी जोशी काभ्रे जिल्लाबाट सिफारिस भएका नामहरूमध्ये उम्मेदवार टुंगो लगाउने जिम्मा प्रदेश नं.
श्रावण १५, २०७४- एमालेले १४ जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ ।
आइतबार बिहान अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको स्थायी कमिटीको बैठकले पार्टी जिल्ला कमिटीको सिफारिस तथा प्रदेश संगठन कमिटीको सिफारिसका आधारमा प्रमुख उपप्रमुखको टुंगो लगाएको हो ।
रामेछाप: प्रमुख प्रेमबहादुर खड्का, उपप्रमुख दीपा पाख्रिन
रसुवा : प्रमुख कुलप्रसाद भट्ट, उपप्रमुख छोपेमा तामाङ्नी
मकवानपुर : प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी
भक्तपुर : प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुँवर
डोल्पा : प्रमुख शेरबहादुर बुढा
सल्यान : उपप्रमुख कुलबहादुर गिरी
कालिकोट : प्रमुख प्रेमबहादुर शाही, उपप्रमुख सरिता आचार्य
जाजरकोट : प्रमुख गोरे कार्की, उपप्रमुख कमलादेवी शाही
हुम्ला : उपप्रमुख खगेन्द्र कार्की
सुर्खेत : प्रमुख टोपबहादुर राजकोटी, उपप्रमुख दीपा मल्ल
मुगु : प्रमुख पुर्णबहादुर रोकाय, उपप्रमुख कर्णशिला मल्ल
खोटाङ : प्रमुख बबी चाम्लिङ, उपप्रमुख गोमा खत्री
इलाम : प्रमुख गणेश बराल, उपप्रमुख चित्रकला बराइली
बझाङ : प्रमुख खड्गबहादुर खड्का, उपप्रमुख भागिरथी अवस्थी जोशी
काभ्रे जिल्लाबाट सिफारिस भएका नामहरूमध्ये उम्मेदवार टुंगो लगाउने जिम्मा प्रदेश नं. ३ का संयोजक अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको छ । शाक्यले जिल्ला नेतृत्वसँग छलफल गरी पार्टी केन्द्रीय अध्यक्षसँग राय परामर्श गरेर उम्मेदवारको टुंगो लगाउनेछिन् ।
थप जिल्लाको उम्मेदवारी टुंगो लगाउन तथा राष्ट्रिय राजनीति र समसामयिक विषयमा छलफल गर्न पार्टी स्थायी कमिटीको बैठक सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।
बैठकमा अध्यक्ष ओलीले चीनको तिब्बत र मानसरोबर भ्रमणबारे जानकारी गराएका थिए ।
प्रतिक्रिया