हाजिर गरी र घाम तापेरै दिन बित्छ जनस्वास्थ्यका कर्मचारीको

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १९, २०७५
|
|
४४ पटक हेरिएको
Shares

सारांश

  • भक्तपुर ।
  • कामै नहुँदा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका कर्मचारीका दिन घाम तापेरै बित्ने गरेका छन् ।
  • कार्यालयको नाम र काम दुवै नभएपछि त्यहाँ कार्यरत १५ कर्मचारी घाम तापेरै बस्ने गरेको निमित्त प्रमुख पार्थमणि न्यौपानेले स्वीकारे ।

भक्तपुर । कामै नहुँदा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका कर्मचारीका दिन घाम तापेरै बित्ने गरेका छन् । कार्यालयको नाम र काम दुवै नभएपछि त्यहाँ कार्यरत १५ कर्मचारी घाम तापेरै बस्ने गरेको निमित्त प्रमुख पार्थमणि न्यौपानेले स्वीकारे ।

“कार्यालयमा बजेट पनि छैन, काम पनि छैन, भएका औषधि माग भएका ठाउँमा पठाएका छौँ, अरु जिम्मेवारी नभएपछि के गरेर बस्नु, हाजिर गर्ने र घाम तापेर बस्नुको विकल्प छैन” उनले भने । सरकारले ३५ डिभिजन कार्यालय र नौ जिल्ला कार्यालयलाई समेटेर ‘सामाजिक विकास मन्त्रालय प्रदेश नं ३ स्वास्थ्य निर्देशालय काठमाडौँ’को नाम दिएपछि काठमाडौँ उपत्यकाका भित्रका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कार्यालय के हुने भन्ने अन्योलसमेत कर्मचारीमा छ ।

कर्मचारीका अनुसार अहिले जिल्ला जनस्वास्थ्य कार्यालयको नाम पनि छैन, काम पनि छैन, युनिट पनि छैन, दैनिक कामकाजका लागि ज्येष्ठ कर्मचारीलाई जिम्मेवारी दिने गरी न्यौपानेलाई निमित्त दिइएको छ, तर यहाँ सबै अन्योल छ ।

स्थानीय सरकारका नाममा गत साउनदेखि प्रदेश र नगरपालिकालाई बजेटसहित कार्यक्रम गएपछि कार्यालयमा रहेका कर्मचारी कामविहीन भएका हुन् । कर्मचारीको अहिलेको काम यहाँको सामान सुरक्षा गर्ने, हाजिर गर्ने, नगरपालिकाले बोलाएका बखत प्राविधिक सहयोग गर्ने कामबाहेक कर्मचारीले केही गर्दैनन् ।

विगतमा कार्यालयले गर्दै आएको संस्था दर्ता तथा नवीकरणसमेत उक्त निर्देशनालयको जिम्मेवारीमा गएको छ भने अनुगमन तथा निरीक्षणको काम नगरपालिमा गएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बन्दै गरेको सडकमा बलौटे माटोको प्रयोग भएको आशंका
बन्दै गरेको सडकमा बलौटे माटोको प्रयोग भएको आशंका
सरकारमा जान उपराष्ट्रपति सहित दुई मन्त्री राजपाले माग्यो
सरकारमा जान उपराष्ट्रपति सहित दुई मन्त्री राजपाले माग्यो
प्रकाश दाहालको निधनमा कसले के सोक सन्देश ट्वीट गरे ?
प्रकाश दाहालको निधनमा कसले के सोक सन्देश ट्वीट गरे ?
वान बेल्ट वान रोड अवधारणामा नेपालद्वारा हस्ताक्षर
वान बेल्ट वान रोड अवधारणामा नेपालद्वारा हस्ताक्षर
‘सेल्फी किङ’मा बाँधियो विपिन कार्की र लक्ष्मी बर्देवाको जोडी, यस्तो कथामा बन्नेछ चलचित्र
‘सेल्फी किङ’मा बाँधियो विपिन कार्की र लक्ष्मी बर्देवाको जोडी, यस्तो कथामा बन्नेछ चलचित्र
इलाममा अागाे लाग्दा कराेडाैँकाे क्षति, घटनास्थलसम्म पुग्न सकेन दमकल !
इलाममा अागाे लाग्दा कराेडाैँकाे क्षति, घटनास्थलसम्म पुग्न सकेन दमकल !
कृतीको रहर
कृतीको रहर
अध्यक्ष प्रचण्डको भारतका राष्ट्रिय सल्लाहकारसँग भेट
अध्यक्ष प्रचण्डको भारतका राष्ट्रिय सल्लाहकारसँग भेट
दसैंका लागि च्याङग्रा, खसीबोका किन्नेभए थापाथली जानुस् (मूल्यसहित)
दसैंका लागि च्याङग्रा, खसीबोका किन्नेभए थापाथली जानुस् (मूल्यसहित)
उपसभामुख रानाले अमेरिकी दूतावासलाई लेखेको पत्रका कारण विवादमा
उपसभामुख रानाले अमेरिकी दूतावासलाई लेखेको पत्रका कारण विवादमा