बलिउड अभिनेता सनी देओलले पनि भारी मतले जिते चुनाव

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ९, २०७६
|
|
२७ पटक हेरिएको
Shares
बलिउड अभिनेता सनी देओलले पनि भारी मतले जिते चुनाव

सारांश

  • अभिनेता सनी देओलले भारतीय लोकसभा निर्वाचनमा विजय हासिल गरेका छन्।
  • पञ्जाव राज्यको गुरदासपुरबाट उम्मेदवार बनेका देओलले ५ लाख ४७ हजार ७८१ मत ल्याएर जित हासिल गरेका हुन्।
  • उनी भारतीय जनता पार्टीबाट उठेका थिए।

अभिनेता सनी देओलले भारतीय लोकसभा निर्वाचनमा विजय हासिल गरेका छन्। पञ्जाव राज्यको गुरदासपुरबाट उम्मेदवार बनेका देओलले ५ लाख ४७ हजार ७८१ मत ल्याएर जित हासिल गरेका हुन्। उनी भारतीय जनता पार्टीबाट उठेका थिए। त्यस्तै भारतीय जनता पार्टीकी नेतृ हेमा मालिनी लोकसभा चुनावमा विजयी भएकी छन्। उनले उत्तरप्रदेशको मथुरबाट चुनाव जितेकी हुन्। विपक्षी आरएलडीका उम्मेद्वार कुँवर नरेन्द्र सिंहलाई हराएर चुनाव जितेकी हुन्। मालिनीले ४ लाख ९ हजार ३ सय २५ मत ल्याएर विजयी बनेकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सिंहले २ लाख १९ हजार १ सय ८ मत ल्याएका छन्। मालिनीले १ लाख ९० हजार २ सय १७ मतान्तरले चुनाव जितेकी हुन् ।

भारतमा फेरि नरेन्द्र मोदी प्रधानमन्त्री हुने पक्का भएको छ । लोकसभा चुनावको जारी मतगणनामा भाजपा एक्लै बहुमत उन्मुख छ भने उसको गठबन्धन ३४३ सिटमा अगाडि छ ।मतगणना चलिरहँदा वर्तमान प्रधानमन्त्री मोदीले भारतको जित भएको प्रतिक्रिया दिएका छन् । भाजपा कार्यकर्ताले देशभर खुसी मनाइरहेका छन् । चुनावी परिणामबारे कंग्रेस अध्यक्ष राहुल गान्धीले यसबारे केही बोलेका छैनन् । जारी मतगणनामा कांग्रेस गठबन्धन मात्र ९६ सिटमा अगाडि छ भने अन्य १०६ सिटमा अगाडि छ ।

लोकसभामा बहुमत ल्याउन २ सय ७२ सिट आवश्यक पर्छ । सन् २०१४ को निर्वाचनमा भाजपा एक्लैले २ सय ८२ सिटमा जित हासिल गरेको थियो । यस पटक त्यस भन्दा पनि बढी सिटमा अग्रता लिएको छ ।मोदी र भारतीय जनता पार्टी नेतृत्वको एनडीएको यो जितलाई आउने केही दिनमात्र नभइ आउने वर्षहरूसम्म पनि बहुआयामिक ढंगले व्याख्या हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?