नेकपाको स्थायी समिति बैठक बस्दै, ओलीले सम्बोधन गर्दै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १२, २०७५
|
|
२४ पटक हेरिएको
Shares
नेकपाको स्थायी समिति बैठक बस्दै, ओलीले सम्बोधन गर्दै

सारांश

  • काठमाडौं, १२ पुस ।
  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक बिहीबार पनि बस्दैछ।
  • बैठक दिउँसो ३ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्न लागेको हो ।

काठमाडौं, १२ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक बिहीबार पनि बस्दैछ। बैठक दिउँसो ३ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्न लागेको हो ।

गत मंसिर २९ देखि जारी बैठकमा आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकमा सदस्यहरुले उठाएका सवालहरुको जवाफ दिने कार्यक्रम छ। यसअघि बुधबारको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका थिए।

बैठकमा प्रचण्डबाहेक अन्य ४७ सदस्यले धारणा राखेका थिए। बैठकमा विशेषगरी सरकारको काम प्रभावकारी नभएको, एसिया प्यासिफिक समिटमा पार्टी नेताहरूको संलग्नता तथा विधानका विषयमा आलोचना भएको थियो। ओलीको जवाफसँगै राजनीतिक प्रतिवेदनलाई परिमार्जन सहित पारित गरी आजै बैठक टुंगिने सम्भावना छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?