अनमोल केसी अभिनित ‘छड्के २’ को फस्ट लुक सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ११, २०७९
|
|
१८ पटक हेरिएको
Shares
अनमोल केसी अभिनित ‘छड्के २’ को फस्ट लुक सार्वजनिक

सारांश

  • काठमाडौं ११ भदौ ।
  • निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बन्दै गरेको नेपाली फिल्म ‘छड्के २’ को फस्ट लुक सार्वजनिक भएको छ।
  • शुक्रबार सार्वजनिक भएको पोस्टरमा फिल्मका मुख्य अभिनेता अनमोल केसी एक्सन अवतारमा देखिएका छन्।

काठमाडौं ११ भदौ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बन्दै गरेको नेपाली फिल्म ‘छड्के २’ को फस्ट लुक सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक भएको पोस्टरमा फिल्मका मुख्य अभिनेता अनमोल केसी एक्सन अवतारमा देखिएका छन्।

रोमान्टिक हिरोको रूपमा परिचय बनाएका अनमोलले एक्सन जनरामा आफूलाई प्रमाणित गर्ने प्रयासमा छन्। यस्तोमा ‘छड्के २ लाई चासोका रुपमा हेरिएको छ। क्राइम एक्सन थ्रिलर जनरामा बन्ने फिल्मका पोस्टरमा चुरोट तानिरहेका अनमोलको शरिर भरी ट्याटु र हातमा रगत लागेको हतियार छ।

छड्के २ को पोस्टरले सामाजिक सञ्जालमा एउटा तरंग नै ल्याएको छ। अनमोलले पनि पागलपन बल्ल सुरु भएको भन्दै उक्त पोस्टर सार्वजनिक गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?