वीपी राजमार्ग बन्द,कांग्रेसको प्रदर्शन, सवारी आवागमन ठप्प

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र ३०, २०७५
|
|
३४ पटक हेरिएको
Shares
वीपी राजमार्ग बन्द,कांग्रेसको प्रदर्शन, सवारी आवागमन ठप्प

सारांश

  • काठमाडौं ,३० चैत, ।
  • सिन्धुली जिल्लाको  तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरमाथि हातपात गर्नेविरुद्ध कारबाही माग गर्दै नेपाली कांग्रेस सिन्धुलीले गरेको प्रदर्शनले वीपी राजमार्गको सवारी आवागमन बिहानैदेखि अवरुद्ध बनेको छ ।
  • तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरमाथि हातपात गर्नेलाई नियन्त्रणमा लिएर विना कारवाही छाडिएकाे भन्दै कांग्रेस सिन्धुलीले गरेको प्रदर्शनले सवारी आवागमन प्रभावित बनेको हो ।

काठमाडौं ,३० चैत, ।सिन्धुली जिल्लाको  तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरमाथि हातपात गर्नेविरुद्ध कारबाही माग गर्दै नेपाली कांग्रेस सिन्धुलीले गरेको प्रदर्शनले वीपी राजमार्गको सवारी आवागमन बिहानैदेखि अवरुद्ध बनेको छ ।

तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरमाथि हातपात गर्नेलाई नियन्त्रणमा लिएर विना कारवाही छाडिएकाे भन्दै कांग्रेस सिन्धुलीले गरेको प्रदर्शनले सवारी आवागमन प्रभावित बनेको हो ।

काङ्ग्रेसका कार्यकर्ताहरु प्रर्दशनमा उत्रिएपछि विपी राजमार्गअन्तर्गत भिमान, शान्तिनगरचोक, खुर्कोट, नेपालथोक र जिल्लाका भित्री सडक हरिहरपुरगढी गाउँपालिकाको झनझने, दुधौली, भिमस्थान, मध्यपहाडी लोकमार्गको ग्वालटारलगायतका दर्जनौं स्थानमा सवारी आवागमन अवरुद्ध भएको छ ।

आज दिउँसो यस विषयमा जिल्ला कार्यसमितिको बैठक बस्ने र थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने नेपाली कांग्रेस सिन्धुलीका सचिव दीपककुमार घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?