मानिसपछिका सबैभन्दा समझदार १० प्राणी

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २८, २०७५
|
|
२९ पटक हेरिएको
Shares
मानिसपछिका सबैभन्दा समझदार १० प्राणी

सारांश

  • मनिस चेतनशील प्राणी हो ।
  • पृथ्वीमा मात्र नभएर मानिसले अन्तरिक्षको पनि धेरै ग्रह उपग्रह चहारिसकेका छन् ।
  • र धेरै अविश्वसनिय आविस्कारहरु गरेका छन् ।

मनिस चेतनशील प्राणी हो । पृथ्वीमा मात्र नभएर मानिसले अन्तरिक्षको पनि धेरै ग्रह उपग्रह चहारिसकेका छन् । र धेरै अविश्वसनिय आविस्कारहरु गरेका छन् । तर हामी सोचेका छौँ हाम्रा वरिपरिका जनावरहरु पनि समझदार ह’न सक्छन् भनेर ?
यहाँ केही १० जनावर तथा पंछीको बारेमा बताइएको छ जो मानिसपछिका समझदार प्राणी मानिन्छन् ।

१०. अक्टोपस


समूद्री प्राणी अक्टोपस हेर्दा निकै जटिल देखिन्छ । यसको आठ खुट्टा र अन्य अनौठा गुणहरुले यसलाई पृथक बनाउँछ । तर अक्टोपस एक समझदार प्राणीमा गनिन्छ । यसले बोर लागेका बेला आफै मनोरञ्जन गर्छ भन्ने विज्ञको भनाई छ । अक्टोपसले सन २०१० को विश्वकप विजेता स्पेन हुन्छ भनेर भविष्यवाणी समेत गरेको मानिन्छ ।

९. परेवा


परेवालाई पखेटा सहितको मुसा पनि भन्ने गरिन्छ । परेवाको विशेषता भनेको यसले मानिसको अनुहारलाई एकपटक देखेपछि विर्सँदैन । जुन सामान्य कुरा होइन । र परेवा मानिसपछि गणितिय समझ भएको एकमात्र प्राणी हो । परेवालाई पहिलेको समयमा खबर आदान प्रदान गर्ने साधनको रुपमा प्रयोग गरिएको पनि विश्वास छ ।

८. कुकुर


कुकुरलाई बफादार जनावरको रुपमा लिइन्छ । यो विश्वमा सबैभन्दा बढी घरमा पालिने र व्यापार हुने जनावर हो । कुकुरलाई छिटो प्रशिक्षण दिन सकिन्छ । यो यसको सक्रिय दिमागका कारण सम्भव भएको हो । यसले १६५ शब्दसम्म याद गर्न सक्छ । साथै मानिसको सांकेतिक भाषा पनि सजिलै बुझ्न सक्छ । चलचित्रमा सबैभन्दा बढी खेलाइने जनावरमा कुकुर पर्छ ।

७. काग


मनिसले कुनै नराम्रो कुराको उदाहरण दिनुप¥यो भने कागको दिन्छ । चाहे त्यो अलि कालो होस या अरुभन्दा थोरै बढी बोलोस । तर हामीलाई कागको राम्रो गुणको बारेमा थाहा छैन । काग चलाख प्राणीहरुमध्ये पर्छ । यसले आफ्ना सामस्या बौद्धिक ढंगले सुल्झाउँछ । कागको पानी पिएको कथा काल्पनीक मात्र नहुन पनि सक्छ । साथै यसले अनुहारबाटै मानिसको भाव बुझ्न सक्छ । कसले मित्रतापूर्ण र कसले शत्रुतापूर्ण ढंगले उसलाई हेरेको छ उ सजिलै छुट्याउन सक्छ ।

६. मुसा


मुसाले सपना देख्न सक्छ । नेपालमा मुसा पाल्ने प्रचलन अलि छैन तर विदेशतिर यो व्यापक छ । मुसाले आफ्नो मालिकलाई सजिलै चिन्छ र कुकुर जस्तै सँधै बफादार रहन्छ ।

५. बंगुर


बंगुर चलाख जनावरमध्ये पर्छ । यसको लामो समयसम्म सम्झने शक्ति ह’न्छ । बंगुरहरु आपसमा २० तरिकाको आवाजले सञ्चार गर्छन् ।

४. सुँगा


सुँगाले मानिसको आवज नक्कल गर्न सक्छ भन्ने कुरा सबैलाई थाहा छ । तर यो सानो पन्छीको दिमागमा अरु धेरै कुरा रहेका छन् । सुँगा अमूर्त रुपमा सोच्न माहिर हुन्छ । सुँगाले आफ्नो दैनिकी निर्धारण गर्छ । जस्तै कतिबेला खाने कतिबेला सुत्ने र घुम्न जाने समय कुन हो त्यो सबै बारे सुँगालाई प्रष्ट थाहा हुन्छ । र आकस्मिक अवस्थाका कारण दैनिकीमा परिवर्तन भएमा उ शान्तसँग बस्छ ।

३. हात्ती


हात्तीले कुनै पनि घटना या आफन्त कहिल्यै बिर्सिँदैन भन्ने मानिन्छ । साथै ऐनामा हेरेको आफ्नो आकृति पनि हात्तीले कहिल्यै बिर्सिँदैन । हात्तीको दिमागको बनोट मानिसको दिमागसँग धेरै मिल्दो रहेको विज्ञ बताउँछन् । हात्तीले आफ्नो साथीहरुसँग विशेष रुपले सञ्चार गर्छन् र आफ्नो साथीको मृत्युमा सम्मान समेत प्रकट गर्छन् ।

२. डल्फिन


डल्फिन एकआपसमा कुरा गर्दा विशेष किसिमको सुस्केराको प्रयोग गर्छन् । डल्फिनले मानिसहरुमा आदरभाव प्रकट गर्छन् । यसले सार्कबाट मानिसलाई बचाएको र डुवेका मानिसलाई किनारसम्म ल्याएका थुप्रै घटना सुन्नमा आउँछन् । डल्फिन मनोरञ्जनका लागि पनि प्रयोग हुन्छन् । यीनीहरु मनिसको वरिपरि रहन पाउँदा खुशी हुन्छन् ।

१. बोनोबो

र मानिसपछि सबैभन्दा समझदार प्राणी हो बोनोबो । यो एक प्रकारको चिम्पान्जि कै प्रजाती हो । तर यो चिम्पान्जि भन्दा केही सानो हुन्छ । बोनोबो एकदम शान्त स्वभावका हुन्छन् । साथै यो प्राणी मानिससँग पनि मित्रवत व्यवहार गर्छ । यीनीहरु सांकेतिक रुपमा एकआपसमा सञ्चार गर्छन् । समूहमा मिलेर बस्ने र सँधै शान्त हँसिलो देखिनाले यो प्राणी अन्य भन्दा फरक देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?