वामदेवलाई सांसद बनाउन झलनाथको लबिङ, कुन स्थान देखे वामदेवका लागि खाली?

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २७, २०७५
|
|
२४ पटक हेरिएको
Shares
वामदेवलाई सांसद बनाउन झलनाथको लबिङ, कुन स्थान देखे वामदेवका लागि खाली?

सारांश

  • काठमाडौं,२७ असाेज ।
  • नेपाल कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले वामदेव गौतमलाई सांसद बनाउन सकिने बताएका छन् ।
  • उनले काठमाडौं क्षेत्र नम्बर ७ बाट नभएपनि अन्य कुनै सुरक्षित स्थानबाट सांसद बनाउन सकिने बताएका हुन् ।

काठमाडौं,२७ असाेज । नेपाल कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले वामदेव गौतमलाई सांसद बनाउन सकिने बताएका छन् । उनले काठमाडौं क्षेत्र नम्बर ७ बाट नभएपनि अन्य कुनै सुरक्षित स्थानबाट सांसद बनाउन सकिने बताएका हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका खनालले गौतमको प्रतिनिधि सभा सदस्य हुने इच्छाको सम्मानका लागि  अन्य कुनै सुरक्षित निर्वाचन क्षेत्रबाट भएपनि उनलाई सांसद बनाउनु पर्ने बताए ।

यसअघि गत वर्षको भएको प्रतिनिधि सभाको निर्वाचनमा बर्दियाबाट नेपाली काँग्रेसका नेता संजय गौतमसँग हारेका वामदेव गौतमले सांसद बन्नका लागि एक दर्जन बढी सांसदसँग छलफल गरेका थिए । अन्त्यमा आएर काठमाडौं क्षेत्र नम्बर ७का सांसद रामवीर मानन्धरले उनका लागि राजीनामा दिएपनि विभिन्न सञ्चार माध्यममा वामदेव र रामवीरको चर्को आलोचना भएको थियो ।

विभिन्न सामाजिक सञ्जाल लगायत सञ्चारमाध्यममा भएको चर्को आलोचनापछि काठमाडौं क्षेत्र नम्बर ७ बाट सांसद बन्ने वामदेवको योजना तुहिएको थियो । त्यसपछि झलनाथले उनका लागि अन्य क्षेत्रका सांसदसँग छलफल अघि बढाएका स्रोतको दावी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?