प्रधानमन्त्रीका अभिव्यक्तिले संवैधानिक संकट निम्तिने खतरा : नेता सिंह
सारांश
- काठमाडौं।
- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार संघीयता असफल बनाउन लागिपरेको आरोप लगाएका छन्।
- नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ द्वारा आयोजित राष्ट्रिय जागरण अभियान कार्यक्रमलाई आइतबार संवोधन गर्दै नेता सिंहले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति संविधानको मर्म र भावना विपरित आउन थालेको उल्लेख गर्दै मुलुकमा संवैधानिक संटक निम्तिन सक्ने दाबी गरे।
काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार संघीयता असफल बनाउन लागिपरेको आरोप लगाएका छन्। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ द्वारा आयोजित राष्ट्रिय जागरण अभियान कार्यक्रमलाई आइतबार संवोधन गर्दै नेता सिंहले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति संविधानको मर्म र भावना विपरित आउन थालेको उल्लेख गर्दै मुलुकमा संवैधानिक संटक निम्तिन सक्ने दाबी गरे। प्रधानमन्त्रीमा अंहकार र दम्भ बढेको संविधान केही होइन अब म जे बोल्छु त्यही नै सबैले मान्नु पर्छ भन्ने जसरी प्रस्तुत हुनु असोभनीय भएको नेता सिंहको भनाइ थियो। ‘संविधान भन्दा माथि कोही पनि हुँदैनन्। त्यसैले दम्भ र अहंकार त्यागेर संविधानको पालना गर्न सुझाव दिन्छ,’ उनले भने।
मुलुकमा सरकारसँग जनअपेक्षा धेरै भएको उल्लेख गर्दै नेता सिंहले भने, ‘ जनताको धेरै अपेक्षा भएपनि सरकार भाषणमात्रै सीमित भएको छ। काण्डै काण्डमा मुछिएको सरकारसँग अब कुनै आश गर्न सकिने अवस्था रहेन।’
कुुरा धेरै गर्ने तर काम केही नगर्ने, प्रचारबाजीमा अल्झिएर जनतासँग सरकारको भावनात्मक संवन्ध टुटेको उनको आरोप थियो। उनले राजधानीबासीको सबैभन्दा चासो र सरोकार जोडिएको मेलम्भी खानेपानी आयोजनाको काममा आर्थिक अनियमिततासँग जोडिएर ठेकेदार कम्पनीसँग पैसा मागेपछि ठेकेदार कम्पनीले आयोजना बाट हात झिक्नु निकै दुखदायी विषय भएको टिप्पणी गरे।
उनले ठूला भ्रष्टाचारका मुद्दा हरेक दिन ओझेलमा पार्दै जाने तर भ्रष्टाचार गर्दिन भन्ने कुरामा विश्वास गर्न नसकिने उनको भनाइ थियोे। नेता सिंहले सबै प्रकारका भ्रष्टाचारका मुद्दाहरुमा पारदर्शी तरिकाबाट छानवीनको वातावरण बनाउन र जो होकी दोषी भएपनि कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए।
फरक प्रसंगमा नेता सिंहले पार्टी संगठन र विधि संम्मत तरिकाले चलाउन नसके वर्तमान चुनौतीको समाना गर्न नसकिने भन्दै सबेलाई अनुशासित भएर विधि र पद्धति अनुसार चल्न आग्रह गरे।
नेता सिंहले पार्टी कार्यकर्ता भन्ने तर विधि र पद्धतिमा नबस्ने कुनै पनि विशेषको बनेर पार्टीभित्र असहयोग गर्नेलाई ठेगान नलगाउँदासम्म पार्टी संगठन बलियो नहुने टिप्पणी गरे।
प्रतिक्रिया