यूएस-बंगाल जहाज दुर्घटनामा मुख्य दोषी को? आयो प्रतिवेदन

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २८, २०७४
|
|
६० पटक हेरिएको
Shares
यूएस-बंगाल जहाज दुर्घटनामा मुख्य दोषी को? आयो प्रतिवेदन

सारांश

  • काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएको फागुन २८ मा भएको यूएस-बंगाल एयरलाईन्स जहाज दुर्घटनाको प्रारम्भिक अध्ययन प्रतिवेदनले पाइलटको मुख्य कमजोरी औँल्याएको छ ।
  • दुर्घटना जाँचबुझ आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई सोमबार प्रतिवेदन बुझाएको छ ।
  • आयोगलाई एक महिनाभित्र प्रारम्भिक प्रतिवेदन बुझाउने समय दिएको थियो ।

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएको फागुन २८ मा भएको यूएस-बंगाल एयरलाईन्स जहाज दुर्घटनाको प्रारम्भिक अध्ययन प्रतिवेदनले पाइलटको मुख्य कमजोरी औँल्याएको छ ।

दुर्घटना जाँचबुझ आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई सोमबार प्रतिवेदन बुझाएको छ ।

आयोगलाई एक महिनाभित्र प्रारम्भिक प्रतिवेदन बुझाउने समय दिएको थियो । उक्त प्रतिवेदन मन्त्री अधिकारीले मन्त्रिपरिषदमा पेश गर्नेछन् ।

जाँझबुझ आयोगले दुर्घटनाको विषयमा प्रारम्भिक प्रतिवेदन तयार गर्दै पुरै अध्ययनपछि मात्रै दुर्घटनाको कारण पत्ता लाग्ने भन्दै प्रतिवेदनमा कुनै पनि विषय ठोस रुपमा भने उल्लेख गरेको छैन ।

आयोगका एक सदस्यका अनुसार छलफलमा धेरै विषयहरु आएको र विस्तृत अध्ययन गरिनेछ । ती सदस्यका अनुसार पाइलट प्रमुख दोषी भएको र त्यसमा एयर ट्राफिक कन्ट्रोलरले पनि सही निर्णय लिन नसकेको छानविनले देखाएको छ ।

जहाज अवतरण गर्ने क्रममा पाइलटले मिसअप्रोच लिएपछि जहाज दुर्घटना भएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । दुर्घटनामा ५२ जनाले ज्यान गुमाएका थिए । आजको कारोबार देनिकमा खबर छ ।

(Tramadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नाट्टालाई व्यवसायीक र सानदार संस्था बनाउनको लागि मेरो उम्मेदवारी : शर्मा
नाट्टालाई व्यवसायीक र सानदार संस्था बनाउनको लागि मेरो उम्मेदवारी : शर्मा
रक्तदान गर्न प्रेरित गर्दै साइकलयात्रा
रक्तदान गर्न प्रेरित गर्दै साइकलयात्रा
चौथोपटक प्रधानमन्त्री बन्दै ओली, को-को हुँदै छन् मन्त्री ?
चौथोपटक प्रधानमन्त्री बन्दै ओली, को-को हुँदै छन् मन्त्री ?
मञ्जु शर्मा समानुपातिक प्रणालीबाट सांसद निर्वाचित
मञ्जु शर्मा समानुपातिक प्रणालीबाट सांसद निर्वाचित
नेकपा स्थायी समिति बैठक : ‘एकताक नाममा लखेटियो’
नेकपा स्थायी समिति बैठक : ‘एकताक नाममा लखेटियो’
दुषित पानीका कारण गाउँका सबै झाडापखालाबाट बिरामी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पाँच बजेदेखि बन्द !
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पाँच बजेदेखि बन्द !
उपेन्द्र यादवले प्रधानमन्त्रीसँग सरकार छोड्नेबारे फाइनल कुरा गर्ने
उपेन्द्र यादवले प्रधानमन्त्रीसँग सरकार छोड्नेबारे फाइनल कुरा गर्ने
तीन वटा तरकारी बजार विस्तार गर्न मन्त्री खनालको निर्देशन,यस्तो छ मन्त्रीको निर्देशनको पूर्ण पाठ 
तीन वटा तरकारी बजार विस्तार गर्न मन्त्री खनालको निर्देशन,यस्तो छ मन्त्रीको निर्देशनको पूर्ण पाठ 
मुला भनेर नहेपौ, अनगिन्ती फाइदा छन् मुलाको
मुला भनेर नहेपौ, अनगिन्ती फाइदा छन् मुलाको