‘घर दैलोमा सेवा, सुशासनमा टेवा’ अभियान शुरू

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १०, २०७५
|
|
३४ पटक हेरिएको
Shares
‘घर दैलोमा सेवा, सुशासनमा टेवा’ अभियान शुरू

सारांश

  • बागलुङ, १० असार ।
  •   एकीकृत घुम्ती सेवा शिविरमार्फत बागलुङमा ५८७ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ ।
  • जिल्ला प्रशासन कार्यालय बागलुङले शुरु गरेको ‘घर दैलोमा सेवा, सुशासनमा टेवा’ अभियानबाट ग्रामीण भेगका ५८७ जनाले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका हुन् ।

बागलुङ, १० असार ।  एकीकृत घुम्ती सेवा शिविरमार्फत बागलुङमा ५८७ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङले शुरु गरेको ‘घर दैलोमा सेवा, सुशासनमा टेवा’ अभियानबाट ग्रामीण भेगका ५८७ जनाले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका हुन् ।

सो कार्यालयले दुई साताको अवधिमा जिल्लाका विभिन्न चार ठाउँमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरेका हुन् । तीमध्ये तमानखोला गाउँपालिकामा ७० जना, गलकोट नगरपालिका–११ रिघामा ८३ जना र वडा नं ३ हटियामा २६८ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो ।

यसैगरी असार ४ गते जैमिनी नगरपालिका–७ बेलबगरमा सञ्चालित शिविरबाट १३९ जनाले नेपाली नागरिकताका प्रमाणपत्र प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।

सो कार्यालयका अनुसार, सञ्चालित शिविरमध्ये तमानखोलाबाट १८, गलकोट रिघाबाट छ, हटियाबाट २८, बेलबगरबाट २१ गरी कुल ७३ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।

त्यस्तै, जिल्ला जनस्वास्थ्य कार्यालय र नेपाली सेनाको २३ नं बाहिनी अड्डाको सहकार्यमा तमानखोला सञ्चालित उक्त शिविरबाट १७० जनाले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेको बताइएको छ ।

शिविरबाट तमानखोला गाउँपालिका–५ का ७२ वर्षीय चित्रे कामीले पहिलोपटक नेपाली नागरिकताको प्रमाणपत्र पाउँदा अत्यन्त हर्षित भएका थिए । यसअघि नागरिकताको अभावमा कामीले सामाजिक सुरक्षा भत्ता पाउनबाट पनि वञ्चित थिए ।

विभिन्न कारणले सार्वजनिक सेवालाई अझ बढी सहज, सरल र घर दैलोमा पु¥याउने उद्देश्यले एकिकृत घुम्ती सेवा शिविर सञ्चालन गरिएको नागरिकता पाएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताउनुभयो ।

विशेषगरी नेपाली नागरिकताको प्रमाणपत्र र अपाङ्गता परिचयपत्र बनाउन सदरमुकाम धाउनुपर्ने बाध्यता रहेका सर्वसाधारणलाई शिविरबाट ठूलो राहत मिलेको छ, उहाँले भन्नुभयो, “सुशासन प्रवद्र्धन र नागरिकलाई सहज रुपमा सार्वजनिक सेवा सुविधा प्रदान गर्न घुम्ती शिविर सञ्चालन गरेका छौं ।”

प्रजिअ खरेलका अनुसार जिल्लाका अन्य दुर्गम ठाउँमा पनि यस्ता शिविर सञ्चालन गर्ने योजना कार्यालयको छ । घर दैलोमै सार्वजनिक सेवा पाउँदा गाउँले पनि खुशी भएका छन् ।

वर्षौंसम्म नागरिकता र अपाङ्गता परिचयपत्र नहुँदा सरकारी सेवा र सम्मान पाउनबाट वञ्चित नागरिकलाई एकीकृत घुम्ती शिविर बढी लाभदायक बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३३ केजी सुन प्रकरण : फेरि अर्का  डिएसपी पक्राउ !
३३ केजी सुन प्रकरण : फेरि अर्का डिएसपी पक्राउ !
भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनप्रति दुःख व्यक्त
भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनप्रति दुःख व्यक्त
हिमालयन हाइड्राे एक्सपाे माघमा हुने !
हिमालयन हाइड्राे एक्सपाे माघमा हुने !
ओलीले प्रचण्डलाई फोन गरेर भने-९ गते तपाई र हाम्रो एकता हुँदैछ रे !
ओलीले प्रचण्डलाई फोन गरेर भने-९ गते तपाई र हाम्रो एकता हुँदैछ रे !
बालविवाह न्यूनीकरण गर्ने प्रतिबद्धता जनाएर मात्र भर्ना
बालविवाह न्यूनीकरण गर्ने प्रतिबद्धता जनाएर मात्र भर्ना
सिजि टेलिकमलाई मोबाईल सेवा सञ्चालनका लागि बाटो खुल्यो,  अनुमति प्रदान गर्न प्राधिकरणलाई सर्वोच्चको आदेश
सिजि टेलिकमलाई मोबाईल सेवा सञ्चालनका लागि बाटो खुल्यो, अनुमति प्रदान गर्न प्राधिकरणलाई सर्वोच्चको आदेश
म्हः पूजा आज गर्ने कि भोली भन्नेमा नेवार समुदाय विभाजित
म्हः पूजा आज गर्ने कि भोली भन्नेमा नेवार समुदाय विभाजित
२०१९ मा आमिरको धमाका, लगातार सातौँ रेकर्डको तयारीमा
२०१९ मा आमिरको धमाका, लगातार सातौँ रेकर्डको तयारीमा
बधाइ दिन गएका अटोमोटिभ व्यवसायीलाई प्रधानमन्त्रीले भने-‘समस्याहरु हटाउन सकारात्मक छु’
बधाइ दिन गएका अटोमोटिभ व्यवसायीलाई प्रधानमन्त्रीले भने-‘समस्याहरु हटाउन सकारात्मक छु’
आजको राशिफल
आजको राशिफल

तपाईंले छुटाउनुभयो कि?