उग्र बन्दै रोशनी शाही, भण्डाफोर गर्ने भन्दै मागिन प्रम ओली र प्रचण्डको राजीनामा
सारांश
- निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जर्बजस्ती करणीको गम्भीर आरोप लगाएकी रोशनी शाही सामाजिक सञ्जालमा उग्र बन्दै गएकी छिन् ।
- किशिम किशिमका स्टाटस पोष्ट गर्दै आएकी शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यष प्रचण्डको समेत राजीनामा मागेकी छिन् ।
- भण्डाफोर गर्ने भन्दै उनले नेताहरुको राजीनामा माग्दै उनले महरालाई राजीनामा गर्न लगाइएकोमा आक्रोश व्यक्त गरेकी छिन् ।
निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जर्बजस्ती करणीको गम्भीर आरोप लगाएकी रोशनी शाही सामाजिक सञ्जालमा उग्र बन्दै गएकी छिन् । किशिम किशिमका स्टाटस पोष्ट गर्दै आएकी शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यष प्रचण्डको समेत राजीनामा मागेकी छिन् ।
भण्डाफोर गर्ने भन्दै उनले नेताहरुको राजीनामा माग्दै उनले महरालाई राजीनामा गर्न लगाइएकोमा आक्रोश व्यक्त गरेकी छिन् । जर्बजस्ती करणको आरोप लगाएको भोलिपल्ट सच्याउँदै महरा निर्दोष भएको भन्दै उनले नैतिकता महरालाई मात्र लागू हुन नहुने लेखिन् । उनले सबैभन्दा पहिला खानेपानीमन्त्री विना मगरको राजीनामा मागिन् ।
उनले लेखेकी छिन्, ‘बिना मगरले छ महिनामा मेलम्चीको पानी ल्याउँछु भन्थिन् दुई वर्ष हुनलाग्यो पानी आएको छैन, के तिनले नैतिकताले राजीनामा दिनु पर्दैन ?’ प्रधानमत्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले पनि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरिन् । उनले लेखिन्, ‘प्रचण्डले १७ हजार कायृकर्ता मारे के तिनलाई नैतिकता लागू हुँदैन,
प्रम केपी ज्यूले सिंगापुरबाट सरकार चलाउँथे नियम विपरित काम गर्दा तिनलाई चाहिं नैतिकता नहुने महरा सरले मात्रै नैतिकता देखाउनुपर्ने‘।’ रोशनीले भण्डाफोर अभियानमा जाने चेतावनी समेत दिइन् । उनले लेखेकी छिन् , ‘अब कसैको डर त्रासमा सत्य कुरा लुकाइन्न ।’ उनले के कस्तो खुलासा गर्ने खुलाएकी छैनन् ।
प्रतिक्रिया