फेवा र गण्डकी बैंक मर्ज, एकिकृत कारोबार सुरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २१, २०७४
|
|
१८ पटक हेरिएको
Shares
फेवा र गण्डकी बैंक मर्ज, एकिकृत कारोबार सुरु

सारांश

  • पोखरामा प्रधान कार्यालय रहेका दुई विकास बैंक गण्डकी र फेवा मर्ज भएर बुधबार देखि एकिकृत कारोबार सुरु गरेका छन् ।
  • गण्डकी विकास बैंकको नामबाट एकीकृत कारोबार गरेको बंैकको मर्ज पछि चुक्ता पुँजी २ अर्ब ३० करोड पुगेको छ ।
  • यस अघि साबिकगण्डकीको ६४ करोड चुक्ता पुँजी र फेवाको १ अर्ब २० करोड चुक्ता पुँजी रहेको थियो ।

पोखरामा प्रधान कार्यालय रहेका दुई विकास बैंक गण्डकी र फेवा मर्ज भएर बुधबार देखि एकिकृत कारोबार सुरु गरेका छन् । गण्डकी विकास बैंकको नामबाट एकीकृत कारोबार गरेको बंैकको मर्ज पछि चुक्ता पुँजी २ अर्ब ३० करोड पुगेको छ । यस अघि साबिकगण्डकीको ६४ करोड चुक्ता पुँजी र फेवाको १ अर्ब २० करोड चुक्ता पुँजी रहेको थियो ।

राष्ट्र बैंकले तोकेको न्युनतम २ अर्ब ५० करोड चुक्ता पुँजी पु¥याउन बैंकले छिट्टै २५ प्रतिशत हकप्रद्ध सेयर जारी गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिए । उनका अनुसर मर्ज पछि बैंकको १८ अर्ब रुपैयाँ निक्षेप, १७ अर्बको कर्जा, २ लाख ५० हजार ग्राहक छन् । मर्ज पछि बैंकको जम्मा शाखा संख्या ५० पुगेको छ । २० वटा एटिएम शाखा मार्फत सेवा प्रवाह गरिरहेको छ ।

बैंकमा ३ सय ८८ कर्मचारी छन् । बैंकले थप ७ नयाँ शाखा सञ्चालन गर्ने योजनामा रहेको सिइओ थापाले जानकारी दिए । एकीकरण पछि फेवाका सिइओ थापा सिइओ र फेवा कै पूर्व अध्यक्ष जगन गुरुङले अध्यक्षको जिम्मेबारी पाएका हुन् ।

एकीकृत कारोबारको नेपाल राष्ट्रबैंक गभर्नर चिरञ्जिवी नेपालले फोनबाट शुभकामना दिएर उद्घाटन गरेका हुन् । कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले अबको एजेन्डा आर्थिक बृद्धि र संबृद्धि रहेको बताए ।

नेपाल राष्ट बैंक पोखरा शाखाका प्रमुख पोमनाथ ढकाल, डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष भरत लगाएतले शुभकामाना दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजबाट ट्राफिक नियममा कडाइ : लामो दूरीका बसहरु आजदेखि बसपार्कबाटै छुट्नुपर्ने…
आजबाट ट्राफिक नियममा कडाइ : लामो दूरीका बसहरु आजदेखि बसपार्कबाटै छुट्नुपर्ने…
म हुन्थे भनें प्रधानमन्त्रीबाट राजीनामा दिएर पार्टी जोगाउँथेँ; वामदेव गौतम
म हुन्थे भनें प्रधानमन्त्रीबाट राजीनामा दिएर पार्टी जोगाउँथेँ; वामदेव गौतम
नारायणकाजी भन्छन् – सरकारको नीति तथा कार्यक्रम समाजवादोन्मुख
नारायणकाजी भन्छन् – सरकारको नीति तथा कार्यक्रम समाजवादोन्मुख
ट्रेड युनियन खारेजीको प्रस्तावमा निजामती कर्मचारी संगठनहरुको आपत्ति
ट्रेड युनियन खारेजीको प्रस्तावमा निजामती कर्मचारी संगठनहरुको आपत्ति
सुन तस्करी प्रकरण :  ‘रेडी ट्रेड प्रालि’को गोदाममा छापा, ५५ बाकस ब्रेक प्याड नियन्त्रणमा
सुन तस्करी प्रकरण : ‘रेडी ट्रेड प्रालि’को गोदाममा छापा, ५५ बाकस ब्रेक प्याड नियन्त्रणमा
अन्धकार हटाउन गाउँपालिकाले छुट्यायो डेढ करोड बजेट तर काम खै ?
अन्धकार हटाउन गाउँपालिकाले छुट्यायो डेढ करोड बजेट तर काम खै ?
‘चक दे इण्डिया’की कोमल चोटाल अहिले भइन् निकै सुन्दर, हेर्नुहोस्  तस्वीरहरु
‘चक दे इण्डिया’की कोमल चोटाल अहिले भइन् निकै सुन्दर, हेर्नुहोस् तस्वीरहरु
आर्थिक अवस्था सुधारका लागि बजेट सकारात्मक : बडू
आर्थिक अवस्था सुधारका लागि बजेट सकारात्मक : बडू
आजको राशीफल
आजको राशीफल
सम्पदा बानिया भन्दैछिन: मेरो दिलमा तिमी छौ अरु कोहि छैन प्रीय
सम्पदा बानिया भन्दैछिन: मेरो दिलमा तिमी छौ अरु कोहि छैन प्रीय

तपाईंले छुटाउनुभयो कि?