पार्किङ समस्या समाधान

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ११, २०७६
|
|
४३ पटक हेरिएको
Shares
पार्किङ समस्या समाधान

सारांश

  • लामो समयदेखि अव्यवस्थित रहेको पार्किङ समस्या हल भएको छ ।
  • विराटनगर महानगरपालिका–४ स्थित नेपाल आयल निगम १ नं प्रादेशिक कार्यालयमा इन्धन लिन आउने र जाने ट्याङ्करहरुले पार्किङ गर्ने समस्या व्यहोरिरहेका थिए ।
  • पूर्व क्षेत्रलाई इन्धन बिक्री गरिरहेको निगमले लामो समयदेखि पार्किङको समस्या झेलिरहेको थियो भने पार्किङका लागि उपयुक्त जग्गाको खोजी निगमले गरिरहेको थियो ।

लामो समयदेखि अव्यवस्थित रहेको पार्किङ समस्या हल भएको छ । विराटनगर महानगरपालिका–४ स्थित नेपाल आयल निगम १ नं प्रादेशिक कार्यालयमा इन्धन लिन आउने र जाने ट्याङ्करहरुले पार्किङ गर्ने समस्या व्यहोरिरहेका थिए । पूर्व क्षेत्रलाई इन्धन बिक्री गरिरहेको निगमले लामो समयदेखि पार्किङको समस्या झेलिरहेको थियो भने पार्किङका लागि उपयुक्त जग्गाको खोजी निगमले गरिरहेको थियो ।

निगमका प्रमुख अशोक साहले स्थानीय वासुदेव रेग्मीको नाममा रहेको जग्गा १८ कठ्ठा जग्गा भाडामा लिएपछि पार्किङको समस्या हल भएको निगमका प्रमुख साहले जानकारी दिनुभयो । जग्गाको अभाव कोशी लोकमार्ग अर्थात् धरान विराटनगरको छ लेनको सडकको दुई लेन ट्याङ्करले नै प्रयोग गरिरहेको थियो । कहिलेकाहीँ ट्याङ्करको लाइन निगमदेखि दक्षिण र उत्तरतर्फ लामो लाइन लाग्ने गरेको थियो भने सवारी दुर्घटनाको सम्भावना पनि बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राकेश पोदारले जानकारी दिनुभयो ।

पार्किङको समस्या हल भएपछि त्यस क्षेत्रमा सडक फराकिलो भएको, सवारी आवागमनमा सहज भएको र दुर्घटना हुने समस्या पनि टरेको प्रमुख पोदारले बताउनुभयो । पछिल्लो समयमा विराटनगर महानगरपालिका क्षेत्रभित्रमा जथाभावी पार्किङ गर्ने सवारी साधनलाई कारवाही गर्न थालेपछि मानिस सचेत भएका छन् भने सडकमा हिँड्ने मानिस पनि सडक पेटीबाट हिँड्न थालेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?