आजबाट ट्राफिक नियममा कडाइ : लामो दूरीका बसहरु आजदेखि बसपार्कबाटै छुट्नुपर्ने…

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १, २०७३
|
|
३२३ पटक हेरिएको
Shares
आजबाट ट्राफिक नियममा कडाइ : लामो दूरीका बसहरु आजदेखि बसपार्कबाटै छुट्नुपर्ने…

सारांश

  • महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज शुक्रबारदेखि ट्राफिक व्यवस्थापनमा थप कडाइ गर्दैछ ।
  • यातायात व्यवस्था विभागको निर्णय अनुसार ट्राफिक व्यवस्थापन सम्बन्धी प्रवधानलाई कडाइका साथ लागू गर्न लागिएको हो।
  • यो खबर आजको नयाँ पत्रिकाबाट लिएका हौ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज शुक्रबारदेखि ट्राफिक व्यवस्थापनमा थप कडाइ गर्दैछ । यातायात व्यवस्था विभागको निर्णय अनुसार ट्राफिक व्यवस्थापन सम्बन्धी प्रवधानलाई कडाइका साथ लागू गर्न लागिएको हो। यो खबर आजको नयाँ पत्रिकाबाट लिएका हौ।

गत मंसिर दुईमा भएको निर्णय अनुसार सरोकारवालासँगको छलफल पछि आजदेखि नियम कडाइका साथ लागू हुन लागेको हो।
नयाँ प्रावधान अनुसार आजदेखि मालबाहक सवारी साधन बिहान ९ देखि ११ तथा साँझ ४ देखि ६ बजेसम्म चक्रपथभित्र प्रवेश गर्न पाउने छैनन् । तर पानी र इन्धन बोक्ने सवारीलाई भने रोकतोक हुनेछैन ।

पिक आवरमा देखिएको अत्याधिक सवारी चापलाई व्यवस्थापन गर्न ट्राफिकले यो प्रावधान लागू गर्न लागेको हो ।नयाँ प्रावधान अनुसार माइक्रोबसले सिट क्षमताभन्दा बढी यात्रु राख्न पाउने छैनन् । साथै अनावश्यक सिट जोडिएको हुनुहुने छैन । त्यस्तै लामो दूरीका बसहरु अबदेखि बसपार्कबाटै छुट्नुपर्ने प्रावधान बनाइएको छ।

यातायात व्यवस्था विभागले उपत्यकाका विद्यालय बसहरुलाई बिहान ९ बजेसम्म बिद्यालय पुगिसक्नुपर्ने र अपरान्ह चार बजे बिद्यार्थी छाडेर गन्तव्यमा पुगिसक्नुपर्ने निर्णय गरेको थियो ।तर त्यो निर्णय व्यवहारिक नभएको भन्दै बिद्यालयले बिरोध गरेपछि यसलाई तत्कालका लागि कार्यान्वयनमा ल्याइने छैन। तर विद्यालयसँग छलफल भइरहेको बिभागले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विधान मस्यौदा माथि कांग्रेस केन्द्रीय समितिमा छलफल जारी
विधान मस्यौदा माथि कांग्रेस केन्द्रीय समितिमा छलफल जारी
कर्णालीको विद्युत् सङ्कट समाधानका लागि सरकारी तत्परता: खरिपाटीबाट पठाइने भयो ‘यान्त्रिक क्रेन’
कर्णालीको विद्युत् सङ्कट समाधानका लागि सरकारी तत्परता: खरिपाटीबाट पठाइने भयो ‘यान्त्रिक क्रेन’
बागमती प्रदेशका मन्त्री चित्रकारलाई तोकियो जिम्मेबारी
बागमती प्रदेशका मन्त्री चित्रकारलाई तोकियो जिम्मेबारी
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
हेर्नुस् यी ५ वटा बिमानस्थलमा काम हुँदै
हेर्नुस् यी ५ वटा बिमानस्थलमा काम हुँदै
होस गर्नुस् यी खानाले नपुंसक बनाउन सक्छ
होस गर्नुस् यी खानाले नपुंसक बनाउन सक्छ
तुलसीपुर–नेपालगञ्ज सडकखण्डमा दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु
तुलसीपुर–नेपालगञ्ज सडकखण्डमा दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु
सेक्सी र आकर्षक देखिने ७ रहस्यहरु
सेक्सी र आकर्षक देखिने ७ रहस्यहरु
नेपाल–भारत नक्शा विवादः नेपालसँग वार्ता गर्न भारत अनिच्छुक
नेपाल–भारत नक्शा विवादः नेपालसँग वार्ता गर्न भारत अनिच्छुक
जनकपुर मोदी अभिनन्दनमा राष्ट्रियगान नबजाउनु कसको गल्ती! प्रदेशसभामा चर्काचर्की
जनकपुर मोदी अभिनन्दनमा राष्ट्रियगान नबजाउनु कसको गल्ती! प्रदेशसभामा चर्काचर्की