गोर्खा ब्रुअरीको ‘टुबोर्ग क्लासिक विथ स्कच माल्टस्’ पोखराको बजारमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २१, २०७४
|
|
२१ पटक हेरिएको
Shares
गोर्खा ब्रुअरीको ‘टुबोर्ग क्लासिक विथ स्कच माल्टस्’ पोखराको बजारमा

सारांश

  • गोर्खा ब्रुअरीले उत्पादन गरेको नेपालकै पहिलो प्रिमियम स्ट्रोङ बियर, टुबोर्ग क्लासिक विथ स्कच माल्टस् पोखराको बजारमा भित्रिएको छ ।
  • पहिलो पटक असार १८ गते काठमाडौंको बजारमा भित्र्याइएको यो बियर पोखरामा पनि भित्र्याइएको हो ।
  •   बुधवार पोखरामा आयोजित एक कार्यक्रमका विच पोखरा र आसपासका विक्रेता तथा व्यवसायीक साझेदारका माझ बियर लञ्च गरिएको हो ।

गोर्खा ब्रुअरीले उत्पादन गरेको नेपालकै पहिलो प्रिमियम स्ट्रोङ बियर, टुबोर्ग क्लासिक विथ स्कच माल्टस् पोखराको बजारमा भित्रिएको छ । पहिलो पटक असार १८ गते काठमाडौंको बजारमा भित्र्याइएको यो बियर पोखरामा पनि भित्र्याइएको हो ।

 

बुधवार पोखरामा आयोजित एक कार्यक्रमका विच पोखरा र आसपासका विक्रेता तथा व्यवसायीक साझेदारका माझ बियर लञ्च गरिएको हो । पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दर कुमार श्रेष्ठ, गोर्खा ब्रुअरीका सेल्स डाइरेक्टर काजीमान सुब्बा लगायतले पोखराको बजारमा नयाँ उत्पादन भित्रिएको संकेत स्वरुप औपचारिक उद्घाटन गरे ।

 

पछिल्लो नयाँ उत्पादनको रुपमा बजारमा आएको नेपालकै पहिलो प्रिमियम स्ट्रोङ बियरमा ६.५ प्रतिशत अल्कोहलको मात्रा रहेको र बजार मुल्य ३ सय १० रुपैया तोकिएको ब्रुअरीका सेल्स डाइरेक्टर काजीमान सुब्बाले जानकारी दिए । यो बियर ६५० एम एल बोतलमा उपलब्ध छ । विहिवारबाटै आधिकारिक वितरक, थोक विक्रेता एबं खुद्रा विक्रेता मार्फत पोखराको बजारमा उपलब्ध हुने उनले बताएका छन् ।

 

‘टुबोर्ग क्लासिकसँग हाम्रो मुख्य उद्देश्य भनेको नेपाली बजार प्रति हाम्रो प्रतिबद्धतालाई अझै मजबुद बनाउनु र पोर्टफोलियोलाई अझै विस्तार गर्ने हो, ’ सुब्बाले भने ‘ प्रिमियम स्कच माल्ट्स टुबोर्ग क्लासिकले नयाँ पुस्ताका बियर पारखीलाई फरक प्रिमियम स्वाद प्रदान गर्दछ । ’

 

सन् १९९० मा गोर्खा ब्रुअरीले नेपाली बजारमा प्रस्तुत गरेको टुवोर्ग बियर नेपालमा भित्रने पहिलो अन्तर्राष्ट्रिय ब्रान्ड हो । सन् १८८० देखि नै विश्व बजारमा आम उपभोक्ताहरुले यसमा रहेको अद्भुत गुणस्तर र ताजा स्वादको आनन्द लिदै आईरहेको कम्पनीले जनाएको छ ।

 

नेपालको सबैभन्दा ठूलो ब्रुअर, गोर्खा ब्रुअरीले ल्याएको यो इनोभेसनले आफ्नो बजार नेतृत्वलाई थप बढावा र निरन्तरता दिने कम्पनीको दावि छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?