राष्ट्रपति भण्डारीद्वारा कृष्ण मन्दिर दर्शन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ३, २०७९
|
|
५१ पटक हेरिएको
Shares
राष्ट्रपति भण्डारीद्वारा कृष्ण मन्दिर दर्शन

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गरेकी छन् ।
  • प्रत्येक वर्ष भाद्र कृष्णजन्माष्टमीका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ ।

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गरेकी छन् ।

प्रत्येक वर्ष भाद्र कृष्णजन्माष्टमीका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले मन्दिरका पुजारीबाट फूल एवं प्रसाद ग्रहण गरिन् । सत्रौँ शताब्दीमा राजा सिद्धिनरसिंह मल्लका पालामा निर्माण भएको उक्त मन्दिरमा श्रीकृष्ण जन्माष्टमीका दिन विशेष मेला लाग्ने गर्दछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ