भालभर्देको विकल्पमा बार्सिलोनाको यी प्रशिक्षक ल्याउने तयारी
सारांश
- काठमाडौं।
- बार्सिलोनामा अहिले अर्नेस्टो भालभर्दे कोच छन् ।
- तर, क्लवको हालैका ठूला असफलताले गर्दा उनको विकल्प खोजिने चर्चा पनि छ ।
काठमाडौं। बार्सिलोनामा अहिले अर्नेस्टो भालभर्दे कोच छन् । तर, क्लवको हालैका ठूला असफलताले गर्दा उनको विकल्प खोजिने चर्चा पनि छ । अध्यक्ष जोसेप मारिया बार्टोमेउ र खेलाडीहरु समेत उनलाई हटाउने पक्षमा छैनन् । क्लवले भालभर्दे आफैंले छाडेर जाने निर्णय गर्न सक्ने मान्दै उनको विकल्पको तयारी गरेको छ ।
यदि भालभर्देले जाने निर्णय गरेमा बार्सिलोनाको हिलो रोजाइमा रोबर्टो मार्टिनेज भएको स्पेनिस मिडिया मार्काले लेखेको छ । रोनाल्ड कोएम्यान र एरिक टेन हागलाई पनि विकल्पको रुपमा हेरिएको छ तर मार्टिनेज नआउने अवस्थामा मात्र उनीहरुलाई ल्याउने प्रयास थालिनेछ । यद्यपि यो सबै भालभर्देले बार्सिलोना छाड्ने निर्णय गरेमा मात्र हुनेछ ।
बार्सिलोना आफैंले भालभर्देलाई हटाउने सम्भावना देखिँदैन किनकि कोपा फाइनलमा पराजयपछि अध्यक्ष बार्टोमेउले भालभर्देको बचाउ गर्दै कोचको गल्ती नभएको बताएका थिए । अर्कोतर्फ भालभर्देलाई कप्तान लियोनेल मेस्सीले पनि समर्थन गरेकोले बार्साले उनलाई हटाउने सम्भावना अत्यन्तै न्यून छ ।
प्रतिक्रिया