आज मिर्गौला दिवसः नेपालमा कति छन् मृगौलाका बिरामी ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २६, २०७३
|
|
६७५ पटक हेरिएको
Shares
आज मिर्गौला दिवसः नेपालमा कति छन् मृगौलाका बिरामी ?

सारांश

  • विभिन्न कार्यक्रम गरि विश्वभर आज विश्व मृगौला दिवस मनाइदै छ ।
  • मृगौलालाई बचाउन र यसमा हुन सक्ने संक्रमण, रोग बारे जनचेतना अभिबृद्धि गर्न यो दिवश मनाउने गरिन्छ ।
  • सन् २००६ देखि मार्च महिनाको दाश्रो बिहिबार हरेक वर्ष यो दिवश बिभिन्न नारामा केन्द्रीत रहेर मनाइदै आएको छ ।

विभिन्न कार्यक्रम गरि विश्वभर आज विश्व मृगौला दिवस मनाइदै छ । मृगौलालाई बचाउन र यसमा हुन सक्ने संक्रमण, रोग बारे जनचेतना अभिबृद्धि गर्न यो दिवश मनाउने गरिन्छ ।

सन् २००६ देखि मार्च महिनाको दाश्रो बिहिबार हरेक वर्ष यो दिवश बिभिन्न नारामा केन्द्रीत रहेर मनाइदै आएको छ । आज काठमाण्डौमा स्वास्थ्य मन्त्री गगन थापाको अगुवाइमा किड्नी पदयात्रा गरिएको छ । यो वर्ष स्वस्थ्य किड्नीको लागि स्वस्थ्य जीवनयापन भन्ने नारमा मनाइदै छ ।
नेपालमा किड्नी रोगीको एकिन तथ्यांक नभए पनि २५ लाख भन्दा बढी किडनी सम्बन्धी रोग लिएर बाँचेका मानिसहरु भएको अनुमान छ । सुरुवातमा रोगको लक्षण नदेखिने, पहिचानमा समय लाग्ने भएका कारण किड्नीका रोगी बढिरहेको अनुमान गरिएको छ । अनियन्त्रीत जीवनयापन, धुम्रपान, मदिरापानले किड्नीमा तुरुन्त अशर गर्ने चिकित्सकहरु बताउछन् । काठमाण्डौमा भएको पदयात्रामा बोल्दै स्वास्थ्य मन्त्री गगन थापाले किडनी रोगको नियन्त्रणमा नागरिक सचेतता महत्वपूर्ण भएको बताए । नागरिक स्वयंले समय समयमा किड्नीको परिक्षण गर्ने हो भने किडनीमा हुने धेरै खराबीबाट बच्न सकिने बताए ।
सरकारले आगामी बैशाख १ देखि किड्नीको डायलसिस गर्नुपर्ने सबै बिरामीलाई निशुल्क सेवा दिने भएको छ । सरकारले किडनीको प्रत्यारोपणलाई पनि बैशाख १ देखि निशुल्क गर्ने निर्णय गरेको छ । हरेक मानिसको बढ्दो उमेर संगै किड्नीले गर्नुपर्ने कामको क्षमता कम हुदै जान्छ । यस्तो अवस्थामा किड्नीमा हुने संक्रमण हुने दर उच्च हुन्छ । त्यसैले वर्षमा कम्तिमा दुइपटक किड्नीको परिक्षण गर्न सके यसको रोगबाट बच्न सकिने विशेषज्ञहरु बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

The Truth About No Deposit Slots
असोज ९ गते विहिबारको राशिफल यस्तो छ
चाडपर्वले आपसी सद्भाव र सहिष्णुताको भावना विकास गर्छन् : प्रम ओली, आज किराँतको उधौली
चाडपर्वले आपसी सद्भाव र सहिष्णुताको भावना विकास गर्छन् : प्रम ओली, आज किराँतको उधौली
एसिया कप क्रिकेट : नेपालद्वारा भारतलाई जितका लागि २३१ रनको चुनौती प्रस्तुत
एसिया कप क्रिकेट : नेपालद्वारा भारतलाई जितका लागि २३१ रनको चुनौती प्रस्तुत
आजको मौसमः कतै भारी बर्षा त कतै हावाहुरी चल्ने
आजको मौसमः कतै भारी बर्षा त कतै हावाहुरी चल्ने
“नेपाल-भारत सम्बन्ध सुमधुर छ, सीमा विवाद छिट्टै हल हुन्छ ” : पूर्वराजदुत केभी राजन
“नेपाल-भारत सम्बन्ध सुमधुर छ, सीमा विवाद छिट्टै हल हुन्छ ” : पूर्वराजदुत केभी राजन
रुसले तीनवटा जहाज कब्जा गरेपछि युक्रेन आक्रोशित, तनाव चुलियो
रुसले तीनवटा जहाज कब्जा गरेपछि युक्रेन आक्रोशित, तनाव चुलियो
‘म मर्न गइरहेको छु, कृपया म कुनै केटीको लागि मरेको भनेर नसोच्नु’ ! (सुसाइड नाेट)
‘म मर्न गइरहेको छु, कृपया म कुनै केटीको लागि मरेको भनेर नसोच्नु’ ! (सुसाइड नाेट)
एक वर्ष नपुग्दै किन फुट्यो विवेकशील साझा! ‘पार्टीलाई धोका भएको’ निश्कर्ष
एक वर्ष नपुग्दै किन फुट्यो विवेकशील साझा! ‘पार्टीलाई धोका भएको’ निश्कर्ष
पृथ्वी गोलो नभएको प्रमाणित गर्न आफूले नै बनाएको रकेटबाट अन्तरिक्षमा जान खोज्दा मृत्यु
पृथ्वी गोलो नभएको प्रमाणित गर्न आफूले नै बनाएको रकेटबाट अन्तरिक्षमा जान खोज्दा मृत्यु

तपाईंले छुटाउनुभयो कि?