आज बेलुकी पनि पानी पर्ने, यस्तो छ मौसम
सारांश
- काठमाडौं ।
- केही दिनदेखि लगातार साँझपख पानी पर्दै आएकोमा आज ९सोमबार० बेलुकी पनि काठमाडौं उपत्यकालगायत देशका अधिकांश ठाउँमा पार्ने पर्ने सम्भावना रहेको छ ।
- जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार साँझ बदली भई मेघ गर्जनसहित अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको छ ।
काठमाडौं । केही दिनदेखि लगातार साँझपख पानी पर्दै आएकोमा आज ९सोमबार० बेलुकी पनि काठमाडौं उपत्यकालगायत देशका अधिकांश ठाउँमा पार्ने पर्ने सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार साँझ बदली भई मेघ गर्जनसहित अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको छ ।महाशाखाले अधिकांश ठाउँमै मेघ गर्जन हुने र केही ठाउँमा हावाहुरीसमेत चल्ने सम्भावना रहेको आफ्नो बुलेटिनमा जनाएको छ ।
महाशाखाका अनुसार रातीको समयमा देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली र केही भूभागमा आंशिक बदली भई पानी पर्ने सम्भावना छ ।देशका पच्मिी र मध्य भू भागका केही स्थानाहरुमा तथा पूर्वी भूभागका केही स्थानमा सामान्य हावाहुरी र वर्षाको सम्भावना रहेको छ ।मंगलबार पनि पानी पर्ने सम्भावना रहेको छ । मनसुन सुरु हुन लागेकाले मंगलबार पनि मुलुकका अधिकांश भूभागमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया