डा. केसीको अनशनको समर्थन गर्ने १७ चिकित्सक पक्राउ
सारांश
- अनसनरत डा.
- गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा विरोध प्रदर्शन गरिरहेका चिकित्सकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- आकस्मिकबाहेकका सबै सेवा अवरुद्ध गरी आन्दोलनमा उत्रिएका चिकित्सकहरुको जुलुस राट्रपति कार्यालय सितल निवासतर्फ बढ्न थालेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
अनसनरत डा. गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा विरोध प्रदर्शन गरिरहेका चिकित्सकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आकस्मिकबाहेकका सबै सेवा अवरुद्ध गरी आन्दोलनमा उत्रिएका चिकित्सकहरुको जुलुस राट्रपति कार्यालय सितल निवासतर्फ बढ्न थालेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले १७ चिकित्सकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आवासीय चिकित्सक संघका अध्यक्ष डा. सुमित पाण्डे, डा.विशाल अग्रवाल, डा. अमित शर्मा, डा. हेमन्त बास्तोला, डा. बद्री अर्याल, डा. राजन लामिछाने, डा. विश्वराज तिमिल्सिना, डा. सिद्धार्थ भण्डारी, डा. उपमा श्रेष्ठ, डा. कविता मानन्धर, डा. अमिर श्रेष्ठ, डा. आकाश शेर्पाली,डा. आनन्द सिंह, डा. पदम जोशी, डा. समिर चापागाई, ढा. अपूर्व आचार्य लगायतका विद्यार्थीहरु रहेका छन् ।
उनीहरुलाई अहिले महेन्द्र पुलिस क्लब लिइएको छ । १६औ चरणको अमरण अनसनमा बसेको २४औ दिनसम्म पनि सरकारले केसीका माग सम्बोधन गर्न कुनै पहल नगरेको भन्दै नेपाल चिकित्सक संघको आह्वानमा आकस्मिक बाहेकका सवै सेवा बन्द गरी चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् ।
प्रतिक्रिया