यसरी बम प्रहार भएको रहेछ एमाले नेता शेरधन राइमाथि (राइको बयान)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २८, २०७४
|
|
४४ पटक हेरिएको
Shares
यसरी बम प्रहार भएको रहेछ एमाले नेता शेरधन राइमाथि (राइको बयान)

सारांश

  • शेरधन राइ म निर्धारित कार्यक्रम अनुसार टम्के मयुँ गाउँपालिकामा रहेको चुनावी सभामा जाँदै थिएँ ।
  • हाम्रो कार्यक्रम आज दिउँसो १२ बजे गोगने भन्ने ठाउँमा थियो ।
  • त्यही कार्यक्रममा जाँदै गर्दा हामी दलगाउँ र कोटको बीचमा पिखुवा भन्ने ठाउँ, जुन, गुम्बाभन्दा एक किलोमिटरमाथि पर्छ ।

शेरधन राइ

म निर्धारित कार्यक्रम अनुसार टम्के मयुँ गाउँपालिकामा रहेको चुनावी सभामा जाँदै थिएँ । हाम्रो कार्यक्रम आज दिउँसो १२ बजे गोगने भन्ने ठाउँमा थियो । त्यही कार्यक्रममा जाँदै गर्दा हामी दलगाउँ र कोटको बीचमा पिखुवा भन्ने ठाउँ, जुन, गुम्बाभन्दा एक किलोमिटरमाथि पर्छ । त्यहाँ माओवादी केन्द्रका नेताहरु चढ्नुभएको गाडी १५ मिनेट अगाडी पास भएको थियो । म त्योभन्दा पछाडी थिएँ ।

मेरो सुरक्षामा एक जना पिएसओबाहेक कोही हुनुहुन्न थियो । कलाकारहरुको तीन वटा गाडी थियो । अगाडी बाइकहरु पनि थिए । उनीहरु क्रस पनि भइसकेका थिए । त्यहाँ पुगेपछि मेरो गाडीमा बम र गोली प्रहार भयो । गाडीको अगाडीको भाग ध्वस्त भएको छ ।

त्यो एम्बुस थिएन, बम नै प्रहार गरिएको हो । त्यसपछि गोली पनि प्रहार भयो । उनीहरु तीनदेखि ५ जनाको समूहमा थिए भन्ने छ । घटनामा प्रहरी सहायक निरीक्षक घाइते हुनु भएको छ । वहाँलाई बमको छर्रा लागेको छ । घाइते अवस्थामा नै वहाँले फायरिङ गर्नुभयो । त्यसपछि आक्रमणकारीहरु भागे ।

घटना भएको स्थान जंगल नजिक छ र भिरालो पनि छ । सुरक्षा निकायलाई घटनाबारे खबर भइसकेको छ । वहाँहरु आउन अलिकति समय लाग्ने बताउनु भएको छ । हामी भएको ठाउँ आइपुग्नसदरमुकामबाट एक डेढ घण्टा लाग्छ । अहिले हामी सुरक्षित स्थानमा नै छौँ ।

यो आक्रमणलाई हाम्रो पार्टी, गठबन्धन र मैले गम्भिर रुपमा लिएको छु । विगत १०–१५ देखि म यो जिल्लामा नैतिकताको राजनीति गर्दै आइरहेको छु । म इमान्दार मान्छे हुँ । मेरो राजनीतिक जीवनमा मैले अहिलेसम्म कुनै पनि प्रश्न उठाउने ठाउँ राखेको छैन । जिल्लामा स्वच्छ छवि भएको नेताको पहिचान छ । प्रदेशकै मुख्यमन्त्रीको रुपमा मेरो दाबेदारी रहेको छ ।

यस्तो अवस्थामा मेरो र बाम गठबन्धनको लोकप्रियताबाट आत्तिएर आपराधिक समूहबाट अभिप्रेरित भएर मलाई मुख्यमन्त्री हुनबाट रोक्न आक्रमणको प्रयास भएको छ । मलाई भौतिक रुपबाट सिध्याउन, यो सुनियोजित आक्रमण हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब कुनै काम गराउन कमिसनको थैलो बोकेर हिड्नु पर्दैन : प्रधानमन्त्री ओली
अब कुनै काम गराउन कमिसनको थैलो बोकेर हिड्नु पर्दैन : प्रधानमन्त्री ओली
Hina Khan and Nakuul Mehta’s romantic dance is breaking the internet!
Hina Khan and Nakuul Mehta’s romantic dance is breaking the internet!
बद्री पंगेनी,रेखा थापा र राजेश हमालले पनि  गरे मतदान
बद्री पंगेनी,रेखा थापा र राजेश हमालले पनि गरे मतदान
भदौ ३० देखि अवैध मोबाइल आयात रोक्ने ‘एमडीएमएस’ लागू हुने
भदौ ३० देखि अवैध मोबाइल आयात रोक्ने ‘एमडीएमएस’ लागू हुने
८८ किलो सुन तस्करी प्रकरण : भरियालाई ४३ करोड जरिवाना, व्यापारी र नेताहरुलाई सफाई
८८ किलो सुन तस्करी प्रकरण : भरियालाई ४३ करोड जरिवाना, व्यापारी र नेताहरुलाई सफाई
भ्रमणले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढः सभामुख महरा
भ्रमणले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढः सभामुख महरा
त्रिविमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान
त्रिविमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान
क्रिकेटमा अनौठा प्रविधि, यस्तो हुँदैछ विश्वकप २०१९
क्रिकेटमा अनौठा प्रविधि, यस्तो हुँदैछ विश्वकप २०१९
अबदेखि यातायात समिति, संघको नवीकरण नहुने
अबदेखि यातायात समिति, संघको नवीकरण नहुने
यस्तो छ प्रधानमन्त्रीको युरोप भ्रमणको कार्यतालिका, अक्सफोर्डमा सम्बोधनदेखि महत्वपूर्ण सम्झौतासम्म
यस्तो छ प्रधानमन्त्रीको युरोप भ्रमणको कार्यतालिका, अक्सफोर्डमा सम्बोधनदेखि महत्वपूर्ण सम्झौतासम्म