युवासंघ र वाइसिएलका युवाहरुले ६ रोपनी जग्गा सके

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १८, २०७५
|
|
२४ पटक हेरिएको
Shares
युवासंघ र वाइसिएलका युवाहरुले ६ रोपनी जग्गा सके

सारांश

  • काठमाडौं, १८ असार ।
  • युवा संघ नेपाल र वाइसिएलले काभ्रेको बनेपा– १० मा ६ रोपनी खेतमा रोपाई सकेका छन् ।
  • युवासंघ नेपालका केन्दीय अध्यक्ष रमेश पौडेलको प्रमुख आतिथ्यता तथा संघका केन्द्रीय कोषाध्यक्ष्य अमित लामाको विशेष आतिथ्यतामा आज धान रोपाई कार्यक्रम भएको हो ।

काठमाडौं, १८ असार । युवा संघ नेपाल र वाइसिएलले काभ्रेको बनेपा– १० मा ६ रोपनी खेतमा रोपाई सकेका छन् । युवासंघ नेपालका केन्दीय अध्यक्ष रमेश पौडेलको प्रमुख आतिथ्यता तथा संघका केन्द्रीय कोषाध्यक्ष्य अमित लामाको विशेष आतिथ्यतामा आज धान रोपाई कार्यक्रम भएको हो ।

स्थानिय अम्बिका विष्टको खेतमा जिल्लाका अगुवा युवा नेताहरुसहित युवासंघका केन्दीय नेता सञ्जीव रोका, राकेश लामा, अनेरास्ववियुका नेता जेनिश लामा समेत रोपाईमा सहभागी रहेको युवासंघ नेपाल काभ्रेका अध्यक्ष बिक्रम चौलागाईंले जानकारी दिए ।

रोपाईं कार्यक्रमपछि युवासंघ नेपालका केन्द्रीय अध्यक्ष रमेश पौडेलले कृषिको यान्त्रिकीकरण गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कृषि पेशामा आम युवाको आकर्षण बढाउन आफूहरुले विशेष अभियान सञ्चालन गरेको बताए । उनले अहिले हरेक खाद्यपदार्थमा बढेको परनिर्भरताको अन्त्य युवा जनशक्तिले कृषि पेशालाई प्रमुख पेशामा रुपान्तरण गरेर हटाउन जरुरी रहेको औंल्याए ।

“यो कुनै फोटो खिच्नका लागि हैन । कृषिमा आत्मनिर्भर बन्ने अभियान अन्तरगत अभियान थालिएको हो”, अध्यक्ष पौडेलले भने । अध्यक्ष पौडेलले खेत जोत्ने आधुनिक मेसिनबाट छिटोछरितो कार्य गर्ने विधि आफै चलाएर धान रोप्न तयार बनाउनु आफूहरुको उद्देश्य रहेको बताए ।

युवासंघ नेपालका केन्द्रीय कोषाध्यक्ष अमित लामाले देशैभर ठूलो संख्यामा यसपटक खेतमा जनश्रमदान अभियान अन्तरगत युवाहरु परिचालन गरिएको जानकारी दिए । कृषिमार्फत समृद्धि हासिल गर्न यो अभियानले महत्वपूर्ण भूमिका खेल्ने धारणा उनले राखे । मुसलधारे वर्षातका बीचमा रोपाईं कार्यक्रम सम्पन्न भएको जिल्ला अध्यक्ष्य बिक्रम चौलागाईंले जानकारी दिए ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Rajan Pratap Singh Basnyat

    Desh nai saka k cha ropsni jaga.

    Comment Author

    Him Chapagain

    कसरी सके? खाएछन?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?