बुधबार देशभरको मौसम कस्तो होला ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २२, २०७६
|
|
२८ पटक हेरिएको
Shares
बुधबार देशभरको मौसम कस्तो होला ?

सारांश

  • देशभरको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
  • काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानको मौसम बिहानैदेखि बदलीको अवस्थामा रहेको महाशाखाले जानकारी दिएको छ ।
  • केहीबेर मौसम खुलेको जस्तो भए पनि फेरि बदली हुनेछ ।

देशभरको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानको मौसम बिहानैदेखि बदलीको अवस्थामा रहेको महाशाखाले जानकारी दिएको छ । केहीबेर मौसम खुलेको जस्तो भए पनि फेरि बदली हुनेछ । अपराहन्न वा साँझतिर पूर्व र मध्यका केही स्थान तथा पश्चिम पहाडका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । यस्तै हावाहुरी चल्ने सम्भावना पनि छ ।

काठमाडौँ उपत्यकामा भने अलि अलि पानी पर्ने सम्भावना रहेको उनले बताइन् । प्रि मनसुन तथा बंगालको खाडीबाट जल वाष्पयुक्त वायु सतही रुपमा आएकाले केही दिनदेखि मौसम बदली भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?