बुधबार देशभरको मौसम कस्तो होला ?
सारांश
- देशभरको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
- काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानको मौसम बिहानैदेखि बदलीको अवस्थामा रहेको महाशाखाले जानकारी दिएको छ ।
- केहीबेर मौसम खुलेको जस्तो भए पनि फेरि बदली हुनेछ ।
देशभरको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानको मौसम बिहानैदेखि बदलीको अवस्थामा रहेको महाशाखाले जानकारी दिएको छ । केहीबेर मौसम खुलेको जस्तो भए पनि फेरि बदली हुनेछ । अपराहन्न वा साँझतिर पूर्व र मध्यका केही स्थान तथा पश्चिम पहाडका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । यस्तै हावाहुरी चल्ने सम्भावना पनि छ ।
काठमाडौँ उपत्यकामा भने अलि अलि पानी पर्ने सम्भावना रहेको उनले बताइन् । प्रि मनसुन तथा बंगालको खाडीबाट जल वाष्पयुक्त वायु सतही रुपमा आएकाले केही दिनदेखि मौसम बदली भएको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया