अविश्वासको प्रस्ताव ल्याएर हटाउन प्रधानमन्त्री ओलीको चुनौती, फेरि दुई तिहाई ल्याउने दाबी

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १६, २०७७
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौती दिएका छन् ।
  • उनले आफू फेरि दुई तिहाई लिएर आउने दाबी समेत गरे ।
  • ‘ओलीलाई हटाएर देखाउनुहोस्, अविश्वासको प्रस्ताव ल्याउनुहोस् र हटाउनुहोस्,’ आज झापामा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यासपछिको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘हटाउन सक्नुभएछ भने पनि दुई तिहाई लिएर आउँछु ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौती दिएका छन् । उनले आफू फेरि दुई तिहाई लिएर आउने दाबी समेत गरे ।

‘ओलीलाई हटाएर देखाउनुहोस्, अविश्वासको प्रस्ताव ल्याउनुहोस् र हटाउनुहोस्,’ आज झापामा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यासपछिको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘हटाउन सक्नुभएछ भने पनि दुई तिहाई लिएर आउँछु ।’

ओलीले लोकतन्त्रलाई तलमाथि हुन नदिइने बताए । तर, संविधान परिमार्जन हुनसक्ने बताए । उनले भने, ‘संविधानको मर्म र भावना विपरितको काम हुँदैन ।’ ओलीले ५० वर्ष अघि आजकै दिन जेल परेको स्मरण गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?