७२ घरपरिवारलाई खानेपानी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ३१, २०७६
|
|
३१ पटक हेरिएको
Shares
७२ घरपरिवारलाई खानेपानी

सारांश

  • काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–५ च्यासिङखर्कका उच्च भेगमा रहेको ७२ घरपरिवारलाई खानेपानी वितरण गरिएको छ ।
  • खानेपानीको चरम अभाव रहेको त्यहाँका खलङ्गाडाँडा, लुङसुरडाँडा, कामीडाँडा र च्याल्टीलगायतका बासिन्दाका लागि परोपकार प्राथमिक उपचार केन्द्रको आयोजना र ग्रामीण खानेपानी सरसफाइ कोष विकास समिति ९फण्डबोर्ड० को आर्थिक सहयोगमा च्यासिङखर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत खानेपानी आयोजना सम्पन्न गरेपछि मङ्गलबार उद्घाटनपश्चात समुदायलाई हस्तान्तरण गरिएको हो ।
  • खानेपानी आयोजनाको उद्घाटन गर्दै प्रदेश सांसद बसुन्धरा हुमागार्इंले समृद्धिको मुख्य आधार अर्थोपार्जन भएको र त्यसका लागि च्यासिङखर्कको कामीडाँडा निकै सम्भावना बोकेको क्षेत्र भएकाले अब खानेपानी उपलब्धसँगै तरकारी खेती गरी अर्थोपार्जनमा लाग्न आग्रह गर्नुभयो ।

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–५ च्यासिङखर्कका उच्च भेगमा रहेको ७२ घरपरिवारलाई खानेपानी वितरण गरिएको छ ।

खानेपानीको चरम अभाव रहेको त्यहाँका खलङ्गाडाँडा, लुङसुरडाँडा, कामीडाँडा र च्याल्टीलगायतका बासिन्दाका लागि परोपकार प्राथमिक उपचार केन्द्रको आयोजना र ग्रामीण खानेपानी सरसफाइ कोष विकास समिति ९फण्डबोर्ड० को आर्थिक सहयोगमा च्यासिङखर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत खानेपानी आयोजना सम्पन्न गरेपछि मङ्गलबार उद्घाटनपश्चात समुदायलाई हस्तान्तरण गरिएको हो ।

खानेपानी आयोजनाको उद्घाटन गर्दै प्रदेश सांसद बसुन्धरा हुमागार्इंले समृद्धिको मुख्य आधार अर्थोपार्जन भएको र त्यसका लागि च्यासिङखर्कको कामीडाँडा निकै सम्भावना बोकेको क्षेत्र भएकाले अब खानेपानी उपलब्धसँगै तरकारी खेती गरी अर्थोपार्जनमा लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा खानेपानी तथा सरसफाइ कोष विकास समितिका सामाजिक संसाधन विकास महाशाखा प्रमुख टीका अधिकारीले खानेपानी उपलब्ध भएपछि सरसफाइदेखि बालबच्चाको स्वास्थ्य र खाद्यान्नमा सुधार गर्दै सुखी जीवनयापन गर्नमा ध्यान दिन आग्रह गर्नुभयो । परोपकार प्राथमिक उपचार केन्द्रका अध्यक्ष डा सङ्ग्रामसिं लामाले समुदायको अर्थपूर्ण सहभागिताबाट नै खानेपानी आयोजना सम्पन्न भएको उल्लेख गर्दै सहयोगी संस्था रहुन्जेल चल्ने र संस्था गएपछि योजना पनि तहसनहस हुने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

सो वडाका खलङ्गाडाँडाका स्थानीय बासिन्दा सनीमाया तामाङले वर्षौदेखि झेल्दै आएको खानेपानी अभाव अहिले आएर पूरा भएकामा खुशी व्यक्त गर्नुभयो ।
अब खानेपानी ओसार्नकै लागि समय छुट्याउने दिन गएको उहाँले बताउनुभयो । पहिला पानी अभावकै कारण वस्तुभाउसमेत धेरै पाल्न नसकेको उहाँको भनाइ छ । अर्का स्थानीय बासिन्दा जगतबहादुर तामाङले आउने÷जाने गर्दा तीन घण्टा हिँडेर घरदेखि तलको सिमसिमखोलाबाट पानी उपलब्ध गराएकामा अब आँगनमै पानी आएपछि धेरै सहज भएको बताउनुभयो ।

करीब पाँच किलोमिटर टाढा रहेको महाभारत लेकबाट पानी ल्याई सो भेगका ७२ घरपरिवारलाई स्थानीय जनश्रमदानसहित गरी करीब रु ५२ लाखको लागतमा सो खानेपानी उपलब्ध गराइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारबाट बाहिरिन पार्टीको निर्णय कुर्दैछौं –महरा
सरकारबाट बाहिरिन पार्टीको निर्णय कुर्दैछौं –महरा
मुगल बादशाहलाई गोर्खाली सेनाले हराएको स्मरणमा विजयोत्सव मनाइदै
मुगल बादशाहलाई गोर्खाली सेनाले हराएको स्मरणमा विजयोत्सव मनाइदै
प्रेस युनियनको सल्लाहकारमा दाहाल र झा मनोनीत
प्रेस युनियनको सल्लाहकारमा दाहाल र झा मनोनीत
पाल्पामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ घाइते
पाल्पामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ घाइते
कांग्रेस, राजपा र फोरमको प्रचण्डलाई यस्तो अफर : प्रचण्ड लचक
कांग्रेस, राजपा र फोरमको प्रचण्डलाई यस्तो अफर : प्रचण्ड लचक
राष्ट्रिय सुरक्षाको सबैभन्दा बलियो किल्ला जनता : प्रधानमन्त्री ओली
राष्ट्रिय सुरक्षाको सबैभन्दा बलियो किल्ला जनता : प्रधानमन्त्री ओली
एनआरएनए निर्वाचन : आज उम्मेदवारी दर्ताको अन्तिम दिन, काे-काे छन् पदाधिकार दाैडमा ?
एनआरएनए निर्वाचन : आज उम्मेदवारी दर्ताको अन्तिम दिन, काे-काे छन् पदाधिकार दाैडमा ?
पोखरामा बर्ड फ्लु भेटियो : मासुको भाउ ओरालो
सीमामा भारतले पानी नदिएर हाम्रा खेत बाँझै हुनुहुन्न : प्रधानमन्त्री ओली
सीमामा भारतले पानी नदिएर हाम्रा खेत बाँझै हुनुहुन्न : प्रधानमन्त्री ओली
किन ओलीको निर्वाचन क्षेत्रमा देउवालार्इ ताली, ओलीलार्इ गाली गरियो , यस्तो छ नालीबेली
किन ओलीको निर्वाचन क्षेत्रमा देउवालार्इ ताली, ओलीलार्इ गाली गरियो , यस्तो छ नालीबेली

तपाईंले छुटाउनुभयो कि?