कांग्रेस, राजपा र फोरमको प्रचण्डलाई यस्तो अफर : प्रचण्ड लचक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ११, २०७४
|
|
१८ पटक हेरिएको
Shares
कांग्रेस, राजपा र फोरमको प्रचण्डलाई यस्तो अफर : प्रचण्ड लचक

सारांश

  • काठमाडौं, पुस ११ ।
  • राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आगामी सरकारको नेतृत्वको लागि माओवादी केन्द्रलाई सघाउन तयार रहेको बताएको छ ।
  • राजपाले प्रधानमन्त्रीका लागि माओवादी अध्यक्ष प्रचण्डलाई साथ दिने संकेत गरेको छ ।

काठमाडौं, पुस ११ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आगामी सरकारको नेतृत्वको लागि माओवादी केन्द्रलाई सघाउन तयार रहेको बताएको छ । राजपाले प्रधानमन्त्रीका लागि माओवादी अध्यक्ष प्रचण्डलाई साथ दिने संकेत गरेको छ ।

बामगठबन्धनको सरकार गठनका लागि देखिएको विवादकाबीच राजपाले प्रचण्ड तयार भएमा माओवादी केन्द्रलाई कांग्रेससँगै तराई केन्द्रीत दलहरुको समर्थन रहने जनाएको छ ।

राजपा अध्यक्ष मण्डलका एकजना सदस्य अनिल झाले प्रचण्ड तुलनात्मक रुपमा अन्य नेताहरु भन्दा आफ्ना मागप्रति लचक रहेको बताए । प्रचण्ड प्रधानमन्त्री हुन राजपाका साथै संघीय समाजवादी फोरमको पनि सहयोग अनिवार्य हुने उनले बताए ।

यद्यपी, संघीय फोरमले पनि बाम गठबन्धनकै सरकार बन्नुपर्नेमा जोड दिएको छ । यता माओवादी केन्द्रले समेत बाहिरको समर्थनमा अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन नहुने प्रष्ट पारेको छ ।

वामपन्थी गठबन्धनभित्र किचलो बढिरहेको र नेपाली कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बन्न आग्रह गरेको भन्ने समाचारका माझ राजपाका नेताहरुले प्रचण्डलाई सहयोग गर्ने बताएका छन् ।

पार्टी एकीकरण गर्ने लक्ष्यका साथ गठबन्धन बनाएका नेकपा एमाले र माओवादी केन्द्रका नेताबाट शक्ति बाँडफाँटबारे फरक–फरक मत आइरहेका बेला भावी सरकार गठनबारे अन्योल बढेको देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?