सीमामा भारतले पानी नदिएर हाम्रा खेत बाँझै हुनुहुन्न : प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १५, २०७५
|
|
४३ पटक हेरिएको
Shares
सीमामा भारतले पानी नदिएर हाम्रा खेत बाँझै हुनुहुन्न : प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका सम्बन्धमा खुला रुपमा छलफल गर्न निर्देशन दिएका छन् ।
  • आज बुधबारदेखि काठमाडौंमा सुरु हुन लागेको नेपाल र भारतका विज्ञहरुको संयुक्त तेस्रो बैठकमा सहभागी हुने सरोकारवालालाई निर्देशन दिंदै प्रधानमन्त्री ओलीले नेपाल – भारत स्तरीय छलफलमा देशको हित पक्षमा खुलेर आफ्ना कुरा राख्न र त्यस अनुसारको तयारी गर्न सुझाव दिए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका सम्बन्धमा खुला रुपमा छलफल गर्न निर्देशन दिएका छन् ।

आज बुधबारदेखि काठमाडौंमा सुरु हुन लागेको नेपाल र भारतका विज्ञहरुको संयुक्त तेस्रो बैठकमा सहभागी हुने सरोकारवालालाई निर्देशन दिंदै प्रधानमन्त्री ओलीले नेपाल – भारत स्तरीय

छलफलमा देशको हित पक्षमा खुलेर आफ्ना कुरा राख्न र त्यस अनुसारको तयारी गर्न सुझाव दिए ।
जल तथा उर्जा आयोगको सचिवालयले पञ्चेश्वर बहुउद्धेश्यिय आयोजनाको कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्रीलाई जानकारी गराउन बैठक आयोजना गरेको थियो ।

प्रधानमन्त्री ओलीले २३ बर्ष अघि महाकाली सन्धी अनुसार नेपालले चाँदनी–दोधारा क्षेत्रमा पाउनुपर्ने १० घनमिटर प्रतिसेकेण्ड (३५० क्यूसेक) पानी हालसम्म नपाएकोले यस बिषयलाई गम्भिरताका साथ उठाउनुपर्ने बताए । “हाम्रो पहिलो प्राथमिकता सन्धीको कार्यान्वयन हो । सन्धी अनुसार नेपालले १० क्यूमेक्स पानी पाउनुपर्छ’ प्रधानमन्त्री ओलीले भने, “सिरानबाट नहर बग्ने तर हाम्रा खेत बाँझै रहने स्थिति अब हुन हुँदैन ।”

२०५२ माघ १९ गते भएको महाकाली सन्धीको धारा ४ अनुसार नेपालको चाँदनी–दोधारा क्षेत्रको सिंचाइका लागि भारतले १० घनमिटर प्रतिसकेण्ड पानी उपलब्ध गराउने सम्झौतालाई कार्यान्वयन गराउने भारतलाई तत्पर गराउनुपर्नेमा प्रधानमन्त्रीको जोड छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिक बाहेक सबै सेवा बन्द गरिने
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिक बाहेक सबै सेवा बन्द गरिने
तुल्सीभञ्ज्याङमा हवाई फायर
तुल्सीभञ्ज्याङमा हवाई फायर
प्रचण्डलाई उचाल्दै मधेसवादी दल
प्रचण्डलाई उचाल्दै मधेसवादी दल
सैन्य भर्नामा अनियमितता गर्ने ४ सैनिकसहित २७ जनालाई सेनाले गर्यो कारवाही
सैन्य भर्नामा अनियमितता गर्ने ४ सैनिकसहित २७ जनालाई सेनाले गर्यो कारवाही
मृतकका आफन्त बोकेर बंगलादेशबाट उड्यो जहाज !
मृतकका आफन्त बोकेर बंगलादेशबाट उड्यो जहाज !
प्रमुख अतिथि र महिलामन्त्रीलाई रुक्मांगद कटुवालले प्रत्यक्ष प्रसारणमै ‘तलुवा’ देखाइदिएपछि….
प्रमुख अतिथि र महिलामन्त्रीलाई रुक्मांगद कटुवालले प्रत्यक्ष प्रसारणमै ‘तलुवा’ देखाइदिएपछि….
गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
छठले जात, धर्म र सम्प्रदायबीच मेलमिलाप बढाएको छ : प्रधानमन्त्री ओली
छठले जात, धर्म र सम्प्रदायबीच मेलमिलाप बढाएको छ : प्रधानमन्त्री ओली
एमाले माओवादीले एउटै मञ्चबाट एकताको सन्देश दिंदै
एमाले माओवादीले एउटै मञ्चबाट एकताको सन्देश दिंदै
आफ्नो मताधिकार प्रयोग गर्न पांउदा हर्ष र गौरवको अनुभूति गरेको छु -कमल थापा
आफ्नो मताधिकार प्रयोग गर्न पांउदा हर्ष र गौरवको अनुभूति गरेको छु -कमल थापा