राष्ट्रिय सुरक्षाको सबैभन्दा बलियो किल्ला जनता : प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २१, २०७५
|
|
५६ पटक हेरिएको
Shares
राष्ट्रिय सुरक्षाको सबैभन्दा बलियो किल्ला जनता : प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको द्धन्द्ध व्यवस्थापन तथा शान्ति स्थापनामा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।
  • राष्ट्रिय सुरक्षा नीति, २०७३ उच्चस्तरीय परिमार्जन गर्ने बनेको समितिको प्रतिवदेन बुझ्दै राष्ट्रिय सुरक्षाको सबैभन्दा बलियो किल्ला जनता भन्दै राष्ट्र एकीकरणका क्रममा निर्माण भएको नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थ योगदान पु-याउदै आएको कुरा प्रसंसनीय रहेको बताए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको द्धन्द्ध व्यवस्थापन तथा शान्ति स्थापनामा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

राष्ट्रिय सुरक्षा नीति, २०७३ उच्चस्तरीय परिमार्जन गर्ने बनेको समितिको प्रतिवदेन बुझ्दै राष्ट्रिय सुरक्षाको सबैभन्दा बलियो किल्ला जनता भन्दै राष्ट्र एकीकरणका क्रममा निर्माण भएको नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थ योगदान पु-याउदै आएको कुरा प्रसंसनीय रहेको बताए ।

समितिका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष केपी शर्मा ओलीलाई ‘राष्ट्रिय सुरक्षा नीति–२०७५’ को प्रतिवेदन बुझाएका थिए ।

अध्यक्ष उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले प्रतिवेदन बुझाउदैं नेपालको संविधानको मर्म र भावनातथा संविधानका निर्देशक नीतिलाई मुख्य आधार मानेर परिवर्तित सन्दर्भ अनुरुप मस्यौदा तर्जुमा गरिएको बताए ।

राष्ट्रिय सुरक्षा परिषदले गत असोज १ गते सुरक्षानीति परिमार्जन गर्नुपर्ने आवश्यकता महसुस गर्दै असोज ५ मा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा ७ सदस्यीय ‘राष्ट्रिय सुरक्षा नीति, २०७३ उच्चस्तरीय परिमार्जन समिति’ गठन गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?