मुगल बादशाहलाई गोर्खाली सेनाले हराएको स्मरणमा विजयोत्सव मनाइदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १०, २०७६
|
|
३५ पटक हेरिएको
Shares
मुगल बादशाहलाई गोर्खाली सेनाले हराएको स्मरणमा विजयोत्सव मनाइदै

सारांश

  • गोर्खाली सेनाले तत्कालीन मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेको ऐतिहासिक सम्झनामा मकवानपुरमा भव्यताका साथ आज विजयोत्सव मनाइँदैछ ।
  • वीर गोर्खालीले मिसकासिसको सेनालाई पराजित मात्र गरेन् ५०० भन्दा बढी आधुनिक हातहतियार र शक्तिशाली तोपहरु नियन्त्रणमा लिन सफलता प्राप्त गरेका थिए ।
  • इतिहासकारका अनुसार गोर्खाली सेनाले एकैदिन मुगलको १७ सय सेनालाई पराजित गरिदिएको थियो ।

गोर्खाली सेनाले तत्कालीन मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेको ऐतिहासिक सम्झनामा मकवानपुरमा भव्यताका साथ आज विजयोत्सव मनाइँदैछ । वीर गोर्खालीले मिसकासिसको सेनालाई पराजित मात्र गरेन् ५०० भन्दा बढी आधुनिक हातहतियार र शक्तिशाली तोपहरु नियन्त्रणमा लिन सफलता प्राप्त गरेका थिए ।

इतिहासकारका अनुसार गोर्खाली सेनाले एकैदिन मुगलको १७ सय सेनालाई पराजित गरिदिएको थियो । गोर्खाली सेनाले मुगल सेनामाथि ऐतिहासिक विजय प्राप्त गरेको २५७ वर्ष पुगेको छ । उक्त युद्धलाई गोर्खाली सेनाले विदेशी सेनासित लडेको पहिलो युद्धका रुपमा लिइन्छ । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले विजयोत्सव कार्यक्रम भव्य रुपमा मनाउन लागिएको बताए ।

पहिलो विजयोत्सव मनाउन तत्कालीन राजा पृथ्वीनारायण शाह स्वयम् गढीमा उपस्थित भएको विश्वास गरिन्छ । सोही समयदेखि विजयोत्सव मनाउन थालिएको भए पनि व्यवस्थित र भव्य कार्यक्रम गरेर मनाउन थालेको केहि वर्ष मात्रै भएको गढी संरक्षण र व्यवस्थापनमा सक्रिय बद्री खतिवडाले जानकारी दिए ।

गढी र तिनको ऐतिहासिकताको अध्ययन गरेका केदार न्यौपानेका अनुसार देशभरीका २०० गढीमध्ये मकवानपुर गढीको इतिहास लामो र महत्पूर्ण रहेको छ । उनले पाल्पाका राजा मणिमुकुन्द सेनले नै आफूलाई मकवानी राजाको सन्तान भएको दाबी गरेकाले मकवानपुर पुरानो राज्य भएको र पछि राजधानीलाई पाल्पामा सारेको हुनसक्ने दावी गरे ।

तत्कालीन प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाले सेनवंशको चिनारी नामक पुस्तकमा पाल्पाका सेनहरु मकवानपुरकै भएको उल्लेख गरेका छन् । मुकुन्द सेनले राज्य बाँडफाँड गर्दा मकवानपुर कान्छा छोरा लोहाङ सेनको भागमा प¥यो । लोहाङले वि.सं. १६१० पछि गढीको पुनःनिर्माण गरी मकवानपुर राज्यको पुनःनिर्माण र विस्तार गरेका बताइएको छ ।

प्राध्यापक दिनेशराज पन्तले मकवानपुर गढीको बारेमा लेखेको एक लेखका अनुसार विसं १७९४ मा गोरखाका युवराज पृथ्वीनारायण शाहको विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसंँग भएको थियो ।

हेमकर्ण सेनका छोरा दिग्बन्धन सेनसँग पृथ्वीनारायणको सम्बन्ध राम्रो थिएन । हेमकर्ण सेनले कन्यादानको समयमा छोरीलाई गजमोतीको हार लगाइदिएका थिए र दुलाहा दुलहीलाई एकदन्ता हात्तीमा चढाएका थिए । पृथ्वीनारायणले ती हार र हात्ती माग गर्दा दिग्बन्धन सेनसँग झगडा प¥यो र पृथ्वीनारायण बेहुली नै नलिइ फर्केका लेखमा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनावी गोल गर्न सफल प्रधानमन्त्री देउवालाई बधाई, ओली र प्रचण्ड पनि सफलताका हिस्सेदार
चुनावी गोल गर्न सफल प्रधानमन्त्री देउवालाई बधाई, ओली र प्रचण्ड पनि सफलताका हिस्सेदार
नेपालले क्यानडालाई हराउनैपर्ने बाध्यता
नेपालले क्यानडालाई हराउनैपर्ने बाध्यता
असोज २२ गते बिहिवारको राशिफल यस्तो छ
असोज २२ गते बिहिवारको राशिफल यस्तो छ
धुर्मुसले गरे अर्को मनछुने काम : ६ महिनादेखि थलिएकी रत्नेदेवीलाई अस्पताल पुर्याए
धुर्मुसले गरे अर्को मनछुने काम : ६ महिनादेखि थलिएकी रत्नेदेवीलाई अस्पताल पुर्याए
आयल निगमका लागि ‘टेन्डर नै भ्रष्टाचारको बाटो’
आयल निगमका लागि ‘टेन्डर नै भ्रष्टाचारको बाटो’
बेचन झाको बोली नफुट्दा शरणार्थी प्रकरणमा जोगिए ‘भीभीआईपी’
बेचन झाको बोली नफुट्दा शरणार्थी प्रकरणमा जोगिए ‘भीभीआईपी’
कस्तो रह्याे समग्रमा नेपालकाे अभ्यास ?
कस्तो रह्याे समग्रमा नेपालकाे अभ्यास ?
स्वास्थ्यसम्बन्धी हक कार्यान्वयनका लागि सरकारले काम गरिरहेको छ : मन्त्री बस्नेत
स्वास्थ्यसम्बन्धी हक कार्यान्वयनका लागि सरकारले काम गरिरहेको छ : मन्त्री बस्नेत
लायन्स बुटवल क्षितिजकाे शिविर सम्पन्न
लायन्स बुटवल क्षितिजकाे शिविर सम्पन्न
नेकपा बैठक लगत्तै बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीचको भेट किन
नेकपा बैठक लगत्तै बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीचको भेट किन