पाल्पामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ घाइते

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २८, २०७५
|
|
६० पटक हेरिएको
Shares
पाल्पामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ घाइते

सारांश

  • काठमाडौं ।
  • पाल्पामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
  • दुर्घटनामा परी ५ जना घाइते भएका छन् ।

काठमाडौं । पाल्पामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ५ जना घाइते भएका छन् । पाल्पाको पूर्वखोला गाउँपालिका–२, जल्पामा भएको जिप दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो। 

जल्पाबाट बहादुरपुर जाँदै गरेको लु १ ज २६५३ नम्बरको जिप बिहीवार राति दुर्घटना भएको थियो ।
घाइतेहरुको युनाइटेड मिसन अस्पताल पाल्पामा उपचार भैरहेको छ । राति दुर्घटना हुँदा उद्दारमा कठिनाइ भएको स्थानीयले बताएका छन् ।

आर्गिडाँडा ओढारे भन्ने स्थानमा दुर्घटना भएको थियो । मृतकहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।  दुर्घटनास्थल भीर भएकोले अन्य यात्रुहरु समेत हुनसक्ने भन्दै खोजी तीव्र पारिएको बताइएको छ। 

https://www.eyesolutions.in/buy-xanax-from-india/”>eyesolutions.in)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?