न्यूरोडमा स्मार्ट पार्किङ सेवा सुरु
सारांश
- काठमाडौं।
- काठमाडौंको न्यूरोडमा स्मार्ट पार्किङ सेवा सुरु गरिएको छ।
- काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा आईतबारबाट न्युरोडमा स्मार्ट पार्किङ सेवा सुरु गरेको हो।
काठमाडौं। काठमाडौंको न्यूरोडमा स्मार्ट पार्किङ सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा आईतबारबाट न्युरोडमा स्मार्ट पार्किङ सेवा सुरु गरेको हो। सो सेवाको उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अस्तव्यस्त हुन पुगेको ट्राफिक व्यवस्थापनको कामलाई व्यवस्थित बनाउन सो सेवा सुरु गरिएको जानकारी दिए। उनले काठमाडौंका अन्य स्थानमा पनि सो पार्किङ सेवा संचालनमा ल्याउने योजना रहेको बताए। स्मार्ट पार्किङ स्थलको शुल्क दुई थरी निर्धारण गरिएको छ । दुई पाङग्रे सवारी साधनका लागि प्रतिघण्टा २५ रुपैयाँ र ४ पाङग्रे सवारी साधनका लागि ८० रुपैयाँ तोकिएको छ । ह्वील ट्रली योर्स प्रालिसँगको सहकार्यमा न्यूरोडको स्मार्ट पार्किङको व्यवस्था गरिएको हो ।
विशाल बजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको स्थानमा स्मार्ट पार्किङ गर्न सकिनेछ । काठमाडौं महानगरपालिकाका मेयर शाक्यले यस लगत्तै दरबारमार्गमा पनि स्मार्ट पार्किङ सेवा संचालनमा ल्याउन लागिएको जानकारी दिए ।
देशकै चर्चित व्यापारिक थलोका रुपमा परिचित न्यूरोड आसपास सर्वसाधारणले पार्किङका लागि निकै सास्ती भोग्दै आइरहेका छन् । स्मार्ट पार्किङ सुचारु भए पछि न्यूरोडको पार्किङ व्यवस्थित हुनुका साथै सर्वसाधारणले सहजरुपमा पार्किङको सुविधा पाउन सक्ने विश्वास गरिएको छ ।
यो पनि पढ्नुस
३२ जुवाडे पक्राउ
जुवा अखडाबाट सात जना जुवाडे पक्राऊ परेका छन् । राजधानीको काभ्रेली खाजा घरबाट जुवा अखडा चलाउने सिन्धुपाल्चोकका बुद्धकुमार तामाङसहित सात जनालाई ४० हजार नगदसहित पक्राऊ गरिएको प्रहरीले जनाएको छ । मानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरुलाई शनिबार पक्राऊ गरेको हो । यसैगरी, तेर्हथुमको म्याङलुङ नागदहस्थित गंगाराम श्रेष्ठ र भिमप्रसाद लिम्बूको घरमा जुवातास खेलाइरहेको अवस्थामा १७ जना पक्राऊ परेका छन् । जिल्ला प्रहरी कार्यालय ते¥हथुमको टोलीले उनीहरुलाई शनिबार पक्राऊ गरेको हो । कास्कीको न्युरोड इनबाट आठ जना पक्राऊ परेका छन् । उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा ७६ हजार नगदसहित पक्राऊ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रतिक्रिया