यस्तो उपचार गराउँदैछन् प्रम ओली सिंगापुरमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ५, २०७६
|
|
३० पटक हेरिएको
Shares
यस्तो उपचार गराउँदैछन् प्रम ओली सिंगापुरमा

सारांश

  • प्रधानमन्त्री ओली बिहीबार सिंगापुर उड्नुअघि उनका निजी चिकित्सक डा.
  • दिव्या सिंहले प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी सार्वजनिक गरेकी छन्।
  • ओलीको ’मिर्गौलासम्बन्धी एन्टीबडीको मात्रा बढी देखिन गएको’ प्रधानमन्त्रीका निजी चिकित्सक सिंहले लेखेकी छन्।

प्रधानमन्त्री ओली बिहीबार सिंगापुर उड्नुअघि उनका निजी चिकित्सक डा. दिव्या सिंहले प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी सार्वजनिक गरेकी छन्।

ओलीको ’मिर्गौलासम्बन्धी एन्टीबडीको मात्रा बढी देखिन गएको’ प्रधानमन्त्रीका निजी चिकित्सक सिंहले लेखेकी छन्। ’मिर्गौलासम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिन गएको थियो’, डा. सिंहले भनेकी छन्, ’एन्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन फेरि त्यसतर्फ जान लाग्नुभएको हो।’

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. राजेन्द्रकुमार अग्रवालका अनुसार एन्टीबडी भनेको शरीरको डिफेन्स मेकानिज्म (प्रतिरोध प्रणाली) को हिस्सा हो। यसले बाह्य तत्त्वबाट शरीरलाई जोगाउँछ।

ओलीको प्रत्यारोपण गरिएको मिर्गौलामा एन्टिबडी रियाक्सनका कारण समस्या भएको हुन सक्ने अनुमान गरे पनि आफूले केही भन्न नसक्ने उनले सुनाए।

सिंगापुरमा रहँदा नेसनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञहरूको टोलीले प्रधानमन्त्रीको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार समेत गरिने डा. सिंहले जनाएकी छन्।

प्रधानमन्त्रीको स्वास्थ्यका सम्बन्धमा नयाँ र उल्लेखनीय जानकारी प्राप्त भएमा मिडियामार्फत अवगत गराउने पनि उनले उल्लेख गरेकी छन्। प्रधानमन्त्री ओली थाई एअरबाट पत्नी राधिका शाक्यसहित निजी चिकित्सक, सल्लाहकार लिएर सिंगापुर उडेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्यसम्बन्धी हक कार्यान्वयनका लागि सरकारले काम गरिरहेको छ : मन्त्री बस्नेत
स्वास्थ्यसम्बन्धी हक कार्यान्वयनका लागि सरकारले काम गरिरहेको छ : मन्त्री बस्नेत
तुलसी रानामगर र अर्जुन जिसीको ‘निष्ठुरीले गरिनौं केही वास्ता’
तुलसी रानामगर र अर्जुन जिसीको ‘निष्ठुरीले गरिनौं केही वास्ता’
पुथा उत्तरगङ्गामा माओवादीकी नरपुरा बुढा विजयी
पुथा उत्तरगङ्गामा माओवादीकी नरपुरा बुढा विजयी
आज ३७ सय ४९ कोरोना संक्रमित थप
आज ३७ सय ४९ कोरोना संक्रमित थप
राष्ट्रियसभा उपाध्यक्ष दाहालद्वारा दुई बालबालिकाको अभिभावकत्व ग्रहण
राष्ट्रियसभा उपाध्यक्ष दाहालद्वारा दुई बालबालिकाको अभिभावकत्व ग्रहण
नेपालमा लगानी गर्न आउनुस् : राष्ट्रपति भण्डारी
नेपालमा लगानी गर्न आउनुस् : राष्ट्रपति भण्डारी
जनतालाई भ्रमित पार्न गणतन्त्र विरोधीले षडयन्त्र गरिरहेका छन् : प्रधानमन्त्री
जनतालाई भ्रमित पार्न गणतन्त्र विरोधीले षडयन्त्र गरिरहेका छन् : प्रधानमन्त्री
बालेन शाह र हर्क साम्पाङबीच दोहोरी, शाहमाथि यसरी साम्पाङ ‘फोहोर उठाउन नसक्ने भन्दै नालायकको संकेत
बालेन शाह र हर्क साम्पाङबीच दोहोरी, शाहमाथि यसरी साम्पाङ ‘फोहोर उठाउन नसक्ने भन्दै नालायकको संकेत
कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन रोक
कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन रोक
कान्स फिल्म फेस्टिभलमै भएको थियो अभिनेत्री अर्जेन्टोको बलात्कार !
कान्स फिल्म फेस्टिभलमै भएको थियो अभिनेत्री अर्जेन्टोको बलात्कार !

तपाईंले छुटाउनुभयो कि?