सन् २०२१-२०२३ का लागि रबिन शेरचनको आईसीसी सदस्यमा उम्मेद्वारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ८, २०७८
|
|
१५ पटक हेरिएको
Shares
सन् २०२१-२०२३ का लागि रबिन शेरचनको आईसीसी सदस्यमा उम्मेद्वारी

सारांश

  • सन् १९९८ मा उच्च शिक्षाको लागी स्टुडेन्ट भिजामा जापान प्रवेश गर्नुभएका रविन शेरचन टोकियोमा रहेका नेपालीहरू मध्यका होटल तथा रेष्टुरेण्ट व्यवसायमा स्थापित नाम हो ।
  • रोबिन सेरचन दुई दशक भन्दा लामो कडा मेहनत र निरन्तरको लगावले जापानमा नेपाली र जापानिज समाजमा चिरपरिचित सफल व्यवसायीका रूपमा हुनुहन्छ ।
  • बिगत दुई दशक यता जापानमा संध–संस्था तथा कम्पनिहरूले आयोजना गर्ने बिभिन्न संस्कृतीक कार्यक्रमहरू सफल पार्न,नेपालमा हुने प्रकृतिक बिपत्तीमा आर्थीक सहयोग गर्न,आपद बिपदमा परेका नेपालीहरूलाई आबश्यक सहयोग गर्ने प्रमुख सहयोगी हात (दाता)का रूपमा समेत रबिन शेरचनलाई सबैले पहिलो प्राथमिक सुचिमा राख्ने गर्दछन्।

सन् १९९८ मा उच्च शिक्षाको लागी स्टुडेन्ट भिजामा जापान प्रवेश गर्नुभएका रविन शेरचन टोकियोमा रहेका नेपालीहरू मध्यका होटल तथा रेष्टुरेण्ट व्यवसायमा स्थापित नाम हो । रोबिन सेरचन दुई दशक भन्दा लामो कडा मेहनत र निरन्तरको लगावले जापानमा नेपाली र जापानिज समाजमा चिरपरिचित सफल व्यवसायीका रूपमा हुनुहन्छ । बिगत दुई दशक यता जापानमा संध–संस्था तथा कम्पनिहरूले आयोजना गर्ने बिभिन्न संस्कृतीक कार्यक्रमहरू सफल पार्न,नेपालमा हुने प्रकृतिक बिपत्तीमा आर्थीक सहयोग गर्न,आपद बिपदमा परेका नेपालीहरूलाई आबश्यक सहयोग गर्ने प्रमुख सहयोगी हात (दाता)का रूपमा समेत रबिन शेरचनलाई सबैले पहिलो प्राथमिक सुचिमा राख्ने गर्दछन्।समग्रहमा भन्नुपर्दा उहाँ जापानमा रहेका नेपाली समाजको आर्थिक पक्ष बलियो पार्ने शसक्त हतियार तथा सबैको प्रेरणाका स्रोत हुनुहुन्छ ।

संघसंस्था हुन् वा आपत–बिपतका काम सँधै आफ्नो थैली खोलेर मनग्य सहयोग गरेपनि संस्थागत छवि उँचो नलाग्ने तर सहयोग जारी राख्नुपर्ने विषयमा शेरचनले आफ्नो मन केही समययता खड्कदै आएको बताउनुभयो। ‘अब संस्थाहरुले सहयोग बटुलेर बाँड्ने मात्र होईन आफै सक्षम संस्था निर्माणमा लाग्नुपर्छ भन्ने अनुभुति भएपछि एनआरएनए आईसीसीमा सदस्यको उम्मेदवारी दिएको हुँ।’ शेरचनको भनाई छ। गैर आवासिय नेपाली संघ जापानको सल्लाहकारको रुपमा रहनुभएका शेरचनले यसअघि मानार्थ सदस्यमा रहेरपनि भूमिका निभाईसक्नुभएको छ। ‘ अहिलेको आईसीसी सदस्यको चुनावी माहौल दलगत प्रतिनिधित्व जस्तो हुन लागेकोमा चिन्ता लागेको छ ‘ सन् २०२१–२०२३ का लागि जापानबाट आईसीसी सदस्य दावेदार रबिन शेरचनले भन्नुभयो ‘ सबै दलले आफ्नै मान्छेमात्र परुन् भन्ने हो भनेत दलनै खोले भईहाल्यो नि ,यो त सामाजिक संस्था त्यो पनि सबैक्षेत्रको प्रतिनिधित्व गर्ने साझा संस्था हो।दलिय क्षेत्रको प्रतिनिधित्व गर्दै आएपनि केही छैन तर सक्षम व्यक्ति आउन पर्यो, अनि दलकै मात्र पनि राख्नुभएन सक्षम छन् भने सबै क्षेत्रबाट सहभागीता हुनपर्यो।सबै क्षेत्रले आफ्नो क्षेत्रको प्रतिनिधित्व महशुस गर्न सकुन् अनि पो एनआरएनएलाई सबैले आफ्नो संस्था हो भन्ने अपनत्व अनुभव गर्छन्।मैंले एनआरएनए अभियानमा लागेर कमाउने, पाउने र स्वार्थ लिने केहीपनि कुरा छैन ‘ शेरचनले आफ्नो उम्मेदवारी घोषणाबारे प्रष्ट्याउँदै भन्नुभयो ‘ स्वार्थको लागि नभई निष्पक्ष तवरले संस्थालाई अघि बढाउने र सक्षम संस्था बनाउने मेरो ईच्छा र योजना हो।’जापानको एनसीसीलाई कसरी मजबुत बनाउने ‘ भन्नेमा आफुले भूमिका निभाउने प्रष्ट पार्दै रोविन शेरचनले भन्नुभयो ‘ एनआरएनए जापान भन्ने वित्तिकै सबैले सकारात्मक दृष्टिकोणले हेर्ने बनाउने लक्ष्य सहित आईसीसीमा रहेर योगदान गर्न उम्मेदवारी दिएको छु।मलाई विश्वास छ सहमतीमै जापानबाट आईसीसीमा सबै क्षेत्रको तर्फबाट सक्षम व्यक्तिहरुको प्रतिनिधित्व हुनेछ। यसमा जापानवासी सबै नेपालीको भूमिका र सहयोगको अपेक्षा राखेको छु। ‘

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?