सत्ता गठबन्धनकाको निष्कर्षः अहिले विश्वासको मत लिनु पर्दैन

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २४, २०८०
|
|
१९ पटक हेरिएको
Shares
सत्ता गठबन्धनकाको निष्कर्षः अहिले विश्वासको मत लिनु पर्दैन

सारांश

  • काठमाडौं।
  • सत्तागठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको छ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा आज बसको नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, र जनता समाजवादी पार्टीलगायत सत्तारुढ गठबन्धनले विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको हो।

काठमाडौं। सत्तागठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसको नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, र जनता समाजवादी पार्टीलगायत सत्तारुढ गठबन्धनले विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको हो।
बैठकपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने, “प्रधानमन्त्रीले अब फेरि विश्वासको मत लिनुपर्ने कानुन छैन, आजको बैठकमा भोलिदेखि चल्ने संसद् बैठकलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ।”
अहिलेको बजेट र नीति तथा कार्यक्रममा के कुरालाई प्राथमिकता दिने भनेर प्रधानमन्त्रीले बैठकमा सुझाव माग्नुभएको सचेतक पाण्डेको भनाइ छ। बैठकमा संसदीय समिति, प्रधानन्यायाधीश नियुक्ति, नागरिकता लगायतको विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल भएको थियो।
बैठकमा अधिवक्तासँग पनि प्रधानमन्त्रीले सुझाव लिएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने चर्चा चलिरहेका सन्दर्भमा गठबन्धनको बैठकले विश्वास मत लिनु नपर्नेमा निष्कर्ष निकालेको हो।
 बैठकमा समसामयिक राजनीतिक विषय, आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा समेत छलफल भएको थियो ।
बैठकमा प्रधानमन्त्री दाहाल र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र नेता शक्तिबहादुर बस्नेत सहभागी भएका थिए।
यस्तैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र उपसभापति धनराज गुरुङ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाल सहभागी हुन् ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतको सहभागि भएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज
तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज
जनगणनाबाट सुशासनको अभिवृद्धि तथा दिगो विकास लक्ष्यको प्रगति मापनमा सहयोग पुग्छ : प्रधानमन्त्री
जनगणनाबाट सुशासनको अभिवृद्धि तथा दिगो विकास लक्ष्यको प्रगति मापनमा सहयोग पुग्छ : प्रधानमन्त्री
६८ प्रतिशत यौनजन्य हिंसा चिनेजानेका व्यक्तिबाटै
६८ प्रतिशत यौनजन्य हिंसा चिनेजानेका व्यक्तिबाटै
बस र ट्रक ठोक्किँदा १९ घाइते
बस र ट्रक ठोक्किँदा १९ घाइते
चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्रीको १५ मिनेट भेटवार्ता तय, आधा दर्जन एजेन्डामा छलफल हुने
सिटिजन्स बैंकको ४ शाखा बिस्तार
सिटिजन्स बैंकको ४ शाखा बिस्तार
मनाेरञ्जन समाचार : बिक्रान्तसँग छतमा चुम्बन गरिरहेकी भेटिइन् दीपिका
मनाेरञ्जन समाचार : बिक्रान्तसँग छतमा चुम्बन गरिरहेकी भेटिइन् दीपिका
‘एक पालिका, एक हुलाक’को अवधारणा कार्यान्वयन गरिनेछ : मन्त्री शर्मा
‘एक पालिका, एक हुलाक’को अवधारणा कार्यान्वयन गरिनेछ : मन्त्री शर्मा
आपत्तिजनक अवस्थामा वडाध्यक्ष पक्राउ
आपत्तिजनक अवस्थामा वडाध्यक्ष पक्राउ
लागुऔषधसहित चारजना पक्राउ
लागुऔषधसहित चारजना पक्राउ

तपाईंले छुटाउनुभयो कि?