परिणीतालाई किन लाग्यो अर्जुन कपुर बेष्ट किसर ?
सारांश
- मुम्बई ।
- अभिनेत्री परिणीति चोपडाले अर्जुन कपुर वेष्ट किशर रहेको बताएकी छन् ।
- परिणीतिले बलिउड अभिनेत्री नेहा धुपियाको एक शोमा गएका बेला अर्जुन कपुर र सिद्धार्थ मल्होत्रामा वेष्ट किशरको भन्ने प्रश्नमा अर्जुनको नाम लिएकी हुन् ।
मुम्बई । अभिनेत्री परिणीति चोपडाले अर्जुन कपुर वेष्ट किशर रहेको बताएकी छन् । परिणीतिले बलिउड अभिनेत्री नेहा धुपियाको एक शोमा गएका बेला अर्जुन कपुर र सिद्धार्थ मल्होत्रामा वेष्ट किशरको भन्ने प्रश्नमा अर्जुनको नाम लिएकी हुन् । शोमा नेहाले परिणीतिसँग सोधिन्, ‘सिद्धार्थ मल्होत्रा र अर्जुन कपुरमा को वेस्ट किशर ?’ परिणीतिले दुईसँग सबैभन्दा धेरै फिल्म गरेकी छन् । उनले अर्जुनलाई ‘वेष्ट किशर’ बताइन् । परिणीतिले भनिन्, ‘अर्जुन र मेरो एउटा छुट्टै प्रकारको रिलेशनसिप छ । ऊ मलाई जस्तो छु त्यस्तै रहन दिन्छ । अर्जुन र सिद्धार्थमा म अर्जुनलाई उत्कृष्ट किशर भन्छु । आशा छ अर्जुनले यो सुनिरहेको होला ।’ उनले दीपिका पादुकोणभन्दा पहिला आफूलाई शुजित सरकारको फिल्म ‘पिकू’ अफर आएको पनि खुलाइन् ।
अहिले ब्याडमिन्टन प्लेयर सायना नेहवालको बायोपिकको तयारीमा व्यस्त छिन् । चाँडै यसको छायांकन सुरु हुँदैछ । उनी आफ्नो तयारीको बारेमा सामाजिक सञ्जालमार्फत् फ्यानलाई जानकारी दिइरहेकी हुन्छिन् । परिणीतिले आफ्नो वेष्ट फ्रेन्ड सानिया मिर्जाबाट स्पोर्ट्सको विषयमा सल्लाह पनि लिइरहेकी छन् ।
रेखाको ब्यूटी र फिटनेस राज
भारतीय नायिका रेखा बलिउड फिल्म उद्योगमा सन् १९७० को दशकदेखि नै संलग्न छिन्। उनी सबैभन्दा सुन्दर नायिकाका रुपमापनि परिचित छिन्, जसले सत्तरीको दशकदेखि अहिलेसम्मका नायकनायिकासम्म संगै काम गरिसकेकी छिन्। उनले आफ्नो सौन्दर्यलाई अहिलेसम्म कसरी कायम राखेकी छिन्। आउनुस् थाहापाउनुस्, उनको ब्युटी सेक्रेट्स । डाइटः सही खानेकुरा खानु रेखाका लागि महत्वपूर्ण हो। उनी बेस्सरी फ्राइ गरेको र चिल्लो खानेकुरा खाँदिनन्। रोटी, दही, तरकारी र सलाद उनको खानाको अंग हुन्। उनी शाकाहारी हुन् र ओखर र अनार पनिउनी धेरै खान्छिन्। उनी खाना खाएको तीन घन्टापछि मात्रै सुत्न जान्छिन्। उनी सकेसम्म साँझको साढे ७ बजेसम्म डिनर लिइसक्छिन् ।
फिटनेशः रेखा स्वस्थ रहन र शरीरको आकारलाई दुरुस्त राख्न दैनिक १० देखि १५ मिनेटसम्म शारीरिक अभ्यास गर्छिन्। उनी गार्डे्िनङ, नृत्य गर्न मन पराउँछिन्। यसबाट शरीर पनि फिट हुने उनको विश्वास छ। फिटनेश रुटिनमा उनी योगा पनि गर्छिन्।
स्पाः दैनिक रुपमा स्पा जानु रेखाको नियमित रुटिन हो। उनलाइ अरोमाथेरापी र आयुर्वे्िदक मसाजको महत्व राम्रोसंग थाहा छ। त्यसैले उनी घरमा आफंैले मसाज र स्पा गर्छिन्।
असल निद्राः राम्रो स्वास्थ्यका लागि निद्रापनि आवश्यक छ भन्ने उनलाई थाहा छ। त्यसैले उनी चाँडै सुत्ने र बिहान चाँडै उठ्ने उनको बानी छ। यसले उनलाई दिनभर उर्जा दिन्छ।
कपालः कपालको महत्व राम्रोसंग बुझेकी रेखाले यसलाई राम्रो हेरविचार गर्छिन्। उनले दही, अण्डा र मह मिसाएर आफैंले होमप्याक बनाउछिन्। उनी सातामा केहीदिन नरिवलको तेलले पनि कपालको मसाज गर्छिन्। जसले उनको कपाललाई चमकदार र उज्यालो बनाइरहेको हुन्छ। उनी बाहिर बजारमा पाइने उत्पादनहरू सकेसम्म लगाउँदिनन् ।
छालाः रेखा मेकअप नउतारिकन सुत्दिनन्। उनी क्लिनसिङ, टोनिङ र मोस्चराइजिङ नियमित गर्छिन्। शरीर सुख्खा बन्न नदिन उनी दिनमा प्रशस्त मात्रामा पानी पिउछिन्। जसले शरीरको विषाक्त पदार्थ बाहिर फ्याँक्न मद्धत पुग्छ र शरीरलाई ताजा र सक्रिय बनाउन सहयोग पु¥याउँछ।
आँखाः रेखाको आँखा बोल्ड, प्राकृतिक र अभिव्यक्त गर्ने खालको छ। उनी आँखालाई आकर्षक बनाउन चाहिँदो मात्रामा लाइनर र आइ स्याडो लगाउँछिन्। आँखीभौंलाई हल्का मस्कारा लगाउँछिन् ।
प्रतिक्रिया