प्रचण्डले धेरै हल्ला गरेपछि मन्त्रीपरिषद फेरबदल अनिश्चित !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १३, २०७६
|
|
२९ पटक हेरिएको
Shares
प्रचण्डले धेरै हल्ला गरेपछि मन्त्रीपरिषद फेरबदल अनिश्चित !

सारांश

  • सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुबाट सार्वजनिक अभिव्यक्ति र अनुमान पटकपटक आएपनि केपी ओली नेतृत्वको मन्त्रीपरिषदको फेरबदल फेरि अनिश्चित बनेको छ ।
  •  प्रधानमन्त्री ओलीले लामो समयपछि मन्त्रीपरिषदका सदस्यहरु बदल्ने मनस्थिति बनाए पनि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यसबारे धेरै हल्ला गरेको भन्दै केही समयका लागि त्यसबाट उनी हच्किएको स्रोतको दाबी छ ।
  • दाहालले सार्वजनिक कार्यक्रमहरुमा मन्त्रीरिषदका केही सदस्यहरु छिट्टै परिवर्तन हुने अभिव्यक्ति दिँदै आएका थिए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुबाट सार्वजनिक अभिव्यक्ति र अनुमान पटकपटक आएपनि केपी ओली नेतृत्वको मन्त्रीपरिषदको फेरबदल फेरि अनिश्चित बनेको छ । प्रधानमन्त्री ओलीले लामो समयपछि मन्त्रीपरिषदका सदस्यहरु बदल्ने मनस्थिति बनाए पनि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यसबारे धेरै हल्ला गरेको भन्दै केही समयका लागि त्यसबाट उनी हच्किएको स्रोतको दाबी छ । दाहालले सार्वजनिक कार्यक्रमहरुमा मन्त्रीरिषदका केही सदस्यहरु छिट्टै परिवर्तन हुने अभिव्यक्ति दिँदै आएका थिए ।

उनले यसअघि भारत भ्रमणमा निस्कनु अघि पनि सरकारले केही मन्त्रीहरु परिवर्तन गर्न लागेको अभिव्यक्ति दिएका थिए। ‘अत्याधिक गुनासोपछि प्रधानमन्त्री ओलीले क्याविनेट परिवर्तन गर्ने मनस्थिति बनाइसक्नु भएको थियो । तर काम नहुँदै प्रचण्डले हल्ला गर्दै हिँड्नु भयो ।

तर बजेट पास भएपछि या त्यो भन्दा पहिले केही मन्त्रीहरु परिवर्तन गर्नु पर्ने दबाब ओलीमाथि परेको छ। स्रोतका अनुसार पार्टीका प्रभावशाली नेताका निकट या आफन्तलाई मन्त्रीपरिषद्बाट फालिने संभावना भने छैन ।

महिला बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापा मगर, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट लगायत मन्त्रीहरु बदलिन सक्ने संभावना छ । देशसञ्चारबाट

विमानस्थलमा सङ्कटकालीन अभ्यासः आधा घण्टा सेवा बन्द हुने
काठमाडौँ। ‘विमानस्थल सङ्कटकालीन’ पूर्व अभ्यासका लागि मुलुकको एकमात्र त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आज अपराह्न आधा घण्टा बन्द हुने भएको छ।  हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा ‘बम थ्रेट’ सम्बन्धी पूर्णकालीन अभ्यास गर्न लागिएको विमानस्थलले जनाएको छ।

सङ्कटकालीन योजनाअनुरुप गरिने अभ्यासका लागि विमानस्थल आधा घण्टा बन्द गरिने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए। उनका अनुसार पहिलो पटक पूर्णकालीन अभ्यास गर्न लागिएको हो। अभ्यासका क्रममा दिउँसो ३ः१० देखि ३ः४० बजेसम्म विमानस्थलका नियमित उडान÷अवतरण सूचना प्रकाशित गरी आधा घण्टा बन्द गरिनेछ। त्यसअवधिमा राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय दुबै उडान बन्द हुनेछन्।

अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को नियमअनुसार विमानस्थलले हरेक दुई वर्षमा सङ्कटकालीन योजनाको अभ्यास गर्नुपर्ने प्रावधानअनुरुप विमानस्थले ‘एयरपोर्ट इमर्जेन्सी प्लान’ अनुसार गरिने योजनाबद्ध अभ्यास मात्रै भएको उल्लेख गरेको छ ।

बोइङ ७५७ जहाजको ‘डमी’ बनाएर विमानस्थलको ‘ट्याक्सी वे’ क्षेत्रमा आपत्कालीन उद्धारको अभ्यास गरिनेछ । विमानस्थलका महाप्रबन्धक क्षेत्रीका अनुसार उडा नं इएक्सई १२४ एक्सरसाइस एयरलाइन्स नामक जहाजमा अलर्ट–५ अन्तर्गत जहाजमा बम रहेको सूचना आएपछि आपत्कालीन पूर्णअभ्यास गरिनेछ ।यो अभ्यासका क्रममा विमानस्थल वरिपरिको आकाशमा धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता आएको देख्न सकिनेछ।

शेरबहादुर देउवा र प्रचण्ड के कारण नजिकिदै
द्वन्द्वकालीन मुद्दाहरु अन्तराष्ट्रियकरण गर्न खोजेपछि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा फेरि एक ठाउँमा पुगेका छन् । दुवै नेताहरुले शान्ति प्रक्रिया अझै नटुंगिएको निष्कर्ष निकाल्दै ठोस कदम चाल्नेबारे छलफल गरे ।

बिहिबार प्रचण्ड र देउवाबीच ललितपुरको समिट होटलमा गम्भीर छलफल भयो । द्वन्द्वकालीन मुद्दालाई निष्कर्षमा पुर्याएर नजाँदा शान्तिपूर्ण मूलधारमा आइसकेका नेताहरुलाई समस्या आएको भन्दै नेताद्वयले यसमा गम्भीरताका साथ छलफल गरेका हुन् ।

नेकपा अध्यक्ष प्रचण्ड निकट स्रोतका अनुसार दुई नेताबीच शान्ति प्रक्रिया निष्कर्षमा नपुग्दा पर्ने अप्ठ्याराहरुबारे छलफल केन्द्रित भएको थियो । शान्ति प्रक्रियाका मुख्य दुई पक्षको नेतृत्व गिरिजाप्रसाद कोइराला र आफूले लिएकाले टुंगोमा पुर्याउन आफूलाई साथ दिन देउवालाई आग्रह गरेका थिए । उनले कोइरालाको निधनपछि देउवाको काँधमा जिम्मेवारी आएकाले मिलेर जान भनेपछि देउवा आक्रोशित भएका िथए ।

देउवाले मिलेर जान आफूले वातावरण बनाउँदा किन धोका दिएको ? भनी प्रश्न गरेका थिए । आफूलाई धोका दिंदा प्रचण्डले पश्चात्ताप गर्नुपर्ने समय आउन लागेको समेत भनेका थिए ।

पछिल्लो समय द्वन्द्वकालिन मुद्दा ब्युँताएर प्रचण्डलाई असजिलो बनाउन खोजिएको विषय उनी निकटस्थले उठाइरहेका छन् । कुनैपनि बेला विदेश भ्रमणमा जाँदा नेताहरु समातिने खतरा छ । नेकपा अध्यक्ष प्रचण्ड अमेरिका जाँदा उनी समातिने अवस्था निर्माण भइसकेको थियो । तर, अमेरिकी सरकारले उनको सम्भावित पक्राउलाई टार्ने कदम चालेको थियो ।

द्वन्द्वकालमा देउवा प्रधानमन्त्री हुँदा तत्कालिन विद्रोही नेकपा माओवादी अध्यक्ष प्रचण्डसहितका मुख्य नेताहरुको टाउकाको मूल्य तोेकेका थिए । शान्ति प्रक्रियामा आएपछि विगतका युद्धकालिन विषयले दुवै नेताले चुनौती भोगिरहेका छन् । विशेषगरी प्रचण्डलाई यूरोप, अमेरिका र अष्ट्रेलियामा जाँदा समस्या छ ।

द्वन्द्वकालीन मुद्दा ब्युँताएर टाउकोमा तरबार झुण्ड्याउने र अप्ठ्यारोमा पार्ने गतिविधि प्रचण्डलाई नेकपाभित्रबाट भइरहेको विषय उठिरहेको छ । प्रचण्डले द्वन्द्वकालिन मुद्दाको टुंगो लगाउने देखि शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने सम्मको भित्री सहमति गरेर नेकपा एकीकरण गरेको भएपनि त्यसतर्फ कुनै काम अगाडि नबढेपछि शतर्क भइरहेका छन् । त्यसैले उनले देउवासँग फेरि निकटता बढाएका छन् ।

विगतमा प्रचण्ड र देउवा मिलेर आलोपालो प्रधानमन्त्री भएका थिए । तर, चुनाव अघि देउवा प्रधानमन्त्री हुँदा प्रचण्ड ओलीसँग नजिकिएर गठबन्धन बनाएर चुनाव लडेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?