आज हुने भनिएको नेकपाको पार्टी प्रवेश कार्यक्रम एक दिन सर्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १९, २०७६
|
|
३० पटक हेरिएको
Shares
आज हुने भनिएको नेकपाको पार्टी प्रवेश कार्यक्रम एक दिन सर्यो

सारांश

  • तत्कालीन नयाँ शक्तिका प्रभावशाली नेता देवेन्द्र पराजुली र पूर्वमन्त्री कल्पना धमलासहित नेता कार्यकर्ताहरुको नेकपा प्रवेश कार्यक्रम प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको अस्वस्थ्यताका कारण एकदिन पर सरेको छ ।
  • पार्टी प्रवेश कार्यक्रम यही असार १९ गते ११ बजे नेकपा मुख्यालय धुम्बाराहीमा आयोजना गर्ने भनिएको थियो ।
  • आज स्थगित भएको पार्टी प्रवेशको कार्यक्रम भोली असार २० गते ११ बजे सोही स्थानमा हुने जानकारी प्रवेश कार्यक्रमको सहजीकरण गरिरहेका नेकपा नेता निर्मल भट्टराईले जानकारी दिए ।

तत्कालीन नयाँ शक्तिका प्रभावशाली नेता देवेन्द्र पराजुली र पूर्वमन्त्री कल्पना धमलासहित नेता कार्यकर्ताहरुको नेकपा प्रवेश कार्यक्रम प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको अस्वस्थ्यताका कारण एकदिन पर सरेको छ । पार्टी प्रवेश कार्यक्रम यही असार १९ गते ११ बजे नेकपा मुख्यालय धुम्बाराहीमा आयोजना गर्ने भनिएको थियो ।

आज स्थगित भएको पार्टी प्रवेशको कार्यक्रम भोली असार २० गते ११ बजे सोही स्थानमा हुने जानकारी प्रवेश कार्यक्रमको सहजीकरण गरिरहेका नेकपा नेता निर्मल भट्टराईले जानकारी दिए । पार्टी प्रवेश कार्यक्रममा गुण्डा नाइके दीपक मनांगे पनि नेकपा प्रवेश गर्ने समाचार बाहिरिएको थियो । उक्त प्रवेश टोलीमा पूर्व सांसद गुणाखर बस्याल, महिला नेतृ मनु हुमागाईं, युवा नेता सन्देस कार्की लगायत छन् ।

 

(Phentermine)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?