गाडी ब्याक गर्दा किचेर ज्यान गयो
सारांश
- चितवन, २६ वैशाख – चितवनको मुग्लिनमा गाडी ब्याक गर्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिँदा एकजनाको ज्यान गको छ भने एकजना घाइते भएका छन् ।
- काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ३ ख २७०७ नम्बरको बसले ब्याक गर्ने क्रममा ठक्कर दिँदा सुर्खेतको भेरीगंगा नगरपालिका–७ का दिलबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
- जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हिजो साँझ मुग्लिन बजारमा दुर्घटना भएको हो ।
चितवन, २६ वैशाख – चितवनको मुग्लिनमा गाडी ब्याक गर्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिँदा एकजनाको ज्यान गको छ भने एकजना घाइते भएका छन् ।
काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ३ ख २७०७ नम्बरको बसले ब्याक गर्ने क्रममा ठक्कर दिँदा सुर्खेतको भेरीगंगा नगरपालिका–७ का दिलबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हिजो साँझ मुग्लिन बजारमा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका सोही ठाउँका ६४ वर्षीय हरिबहादुर घर्तीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका खत्रीको उपचारका क्रममा राति नै मृत्यु भएको हो । उनको शव भरतपुर अस्पतालमा राखिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया