कबिर सिंहको सफलतापछि शाहिद कपुरले बढाए पारिश्रमिक
सारांश
- फिल्म ‘करिब सिंह’ को सफलतापछि शाहिद कपुरको करियर उचाइमा पुगेको छ ।
- ‘सोलो लिड’ को रुपमा यो फिल्म शाहिदको करियरको सबैभन्दा सफल फिल्म बताइएको छ ।
- स्रोतलाई मान्ने हो भने यसको सफलतापछि शाहिदले आफ्नो पारिश्रमिक बढाएका छन् ।
फिल्म ‘करिब सिंह’ को सफलतापछि शाहिद कपुरको करियर उचाइमा पुगेको छ । ‘सोलो लिड’ को रुपमा यो फिल्म शाहिदको करियरको सबैभन्दा सफल फिल्म बताइएको छ । स्रोतलाई मान्ने हो भने यसको सफलतापछि शाहिदले आफ्नो पारिश्रमिक बढाएका छन् ।दोहोरो अंकमा बढाए पारिश्रमिकःशाहिदले दोहोरो अंकमा आफ्नो पारिश्रमिक बढाउने निर्णय गरेका छन् । २१ जुनमा रिलिज भएको कबिर सिंहले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । दोस्रो शुक्रबारसम्म फिल्मले भारतमा १६३।७३ करोड भारु कमाइसकेको थियो । संदीप वांगको निर्देशनमा बनेको यो फिल्ममा शाहिदसँग कियारा आडवाणीको मुख्य भूमिका छ । कबिर सिंहको सफलताबीच शाहिदले आफ्नो नयाँ प्रोजेक्ट बक्सर डिङ्गको सिंह बायोपिकको तयारी सुरु गरेका छन् ।
यो पनि पढ्नुहोस्
सरकारले आलोचना खेप्न नसकेपछि आईफा अवार्ड रद्द
काठमाडौं। चौतर्फी विरोध भएपछि भारतीय निजी व्यवसायिक संस्था विजक्राफ्टको आईफा ९इन्टरनेशनल इण्डिण्न फिल्म एकेडेमी० अवार्ड गर्नबाट सरकार पछि हटेको छ। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृति सीईओ दीपकराज जोशीले यो वर्ष आईफा अवार्ड नेपालमा नहुने जानकारी दिए।भारतीय चलचित्र उद्योग बलिउडको निजी कार्यक्रम नेपालमा हुने र त्यसको सम्पूर्ण खर्च सरकारले व्यहोर्न लागेको भन्दै सरकारको उक्त निर्णयको चौतर्फी आलोना भएको थियो।
मंगलबार संघीय संसदको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिले आइफा अवार्ड नेपालमा आयोजना नगर्न सरकालाई निर्देशन दिएको थियो। समितिले मुलुकको राष्ट्रिय स्वाधिनतामाथि नै आँच आउन सक्ने भन्दै आईफा अवार्ड नेपालमा आयोजना नगर्न सकारलाई निर्देशन दियो।समितिले आइफा अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको थियो। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले यो वर्ष आइफा अवार्ड नेपालमा नहुने बताए।
प्रतिक्रिया