के नेपाल हल्लाको देश हो ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १९, २०७६
|
|
३२ पटक हेरिएको
Shares
के नेपाल हल्लाको देश हो ?

सारांश

  • नेपालको शासन, प्रणालीको हिसाबले पुँजीवादको माथिल्लो चरण अर्थात् सङ्घीयतामा पुग्यो ।
  • तर व्यवहारमा भने शिरदेखि पुछारसम्म सामन्तवादले नेपाली समाजलाई कच्याप्प च्यापेको छ ।
  • त्यो सामन्तवाद सङ्घीय संसद् र सङ्घीय सरकारमा सबैभन्दा बढी जब्बर छ ।

नेपालको शासन, प्रणालीको हिसाबले पुँजीवादको माथिल्लो चरण अर्थात् सङ्घीयतामा पुग्यो । तर व्यवहारमा भने शिरदेखि पुछारसम्म सामन्तवादले नेपाली समाजलाई कच्याप्प च्यापेको छ । त्यो सामन्तवाद सङ्घीय संसद् र सङ्घीय सरकारमा सबैभन्दा बढी जब्बर छ । त्यसैले नेपालको अहिलेको व्यवस्था अस्तव्यस्त छ । सङ्घीयताको सबलीकरणका लागि सङ्घीय शिक्षा बाहेक अरू त्यस्तो ठूलो कुनै समस्या छैन । अधिकांश स्थानीय सरकारले जनताको हितमा काम गरेका छन् । कसैले आफ्नो पाइनदार गाडीको साटो एम्बुलेन्स किनेका छन् । किसानहरूलाई कृषि औजार वितरण गरेका छन् । सरकार र जनताबीचको सम्बन्ध घनिष्ठ बनाएका छन् । कसैले बाटो बनाएका छन् । बहुसङ्ख्यक स्थानीय सरकारले आफ्नो शक्ति चिन्न थालेका छन् ।

त्यसैले सङ्घीयतासम्बन्धी गोष्ठी गरेर तल्लो तहलाई प्रशिक्षण दिन पाए, उनीहरू स्वयं आफ्नो रक्षा र विकास गर्न सक्नेछन् । तर सङ्घीय संसद् र सरकार यही सत्य आम नागरिकबाट लुकाउन चाहन्छ । त्यसैले माथिकाहरू सङ्घीयताको शिक्षालाई देवी देउता, धर्म, लफडामा लगेर मूल मुद्दालाई ओझेलमा पार्न खोजिरहेका छन् । मैले कुनै एउटालाई भनेको होइन ।

एकथरी मानिसहरू इसाईहरू बढेका बढ्यै छन्, हिन्दुहरू घटेका घट्यै छन् भनेर चिन्ता गरिरहेका छन् । अर्को कराउँछ – पुराना मूल्यमान्यता हराउँदै गएका छन् । सांस्कृतिक अतिक्रमण बढेको छ । सरकारलाई कुनै चासो छैन । यतिमात्र होइन, नेपाली बजारमा सागसब्जी र फलफूलको अभाव भएको छ । भारत – नेपालका विभिन्न नाकामा थुपारिएका कन्टेनरमा फलफूल सड्न थालेका छन् ।

म त्यो कामलाई राम्रो काम मान्छु । भारतीय विषादीमा घोलिएको फलफूल र सागसब्जी खानुभन्दा, सब्जी उत्पादनमा आत्मनिर्भर नभइञ्जेल हामी पानी मात्रै खाएर भए पनि बाँच्न सक्छौँ । बाँच्न सक्नुपर्छ । अहिलेको सरकारको प्रवक्ता होइन म तर यसले गरेका राम्रा कामलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न मैले छोडेको छैन र छाड््ने पनि छैन ।

मेरो निष्कर्षमा २०५१ सालको नेकपा एमालेको सरकारले गरेका सोच र सञ्चालनलाई निरन्तरता दिएको हुनाले यो सरकारले अरू कुनै सरकारले भन्दा राम्रो गरेको छ । सांस्कृतिक मूल्य मान्यता मान्छेले जोगाउने हो । यो कुनै पनि सरकारको जिम्मेवारीमा पर्दैन । म त्यसको झिल्को देखिरहेको छु । नयाँ नयाँ झरनाहरू भेटिएका छन्, नाम थाहा नभएका पोखरीहरू अहिले जन्मिएका छन् ।

कतिपय स्थानमा नयाँ गुफाहरू भेटिएका छन् । आफ्नो गाउँपालिकालाई आत्मनिर्भर बनाउने होड चलेको छ । चाडबाडहरू पनि बढेका छन् । यसको संरक्षण सिंहदरबारबाट होइन, स्थानीय सरकारबाटै हुनुपर्छ । यो किन देख्दैनन् उपत्यकामा बस्ने नेताहरू ! नेपाललाई सफल सङ्घीय राज्य बनाउने काममा उनीहरूको कुनै भूमिका हुँदैन ?

‘नेपाल अब हिन्दु राज्य घोषित हुन्छ (किनभने भारतमा हिन्दुवादी भारतीय जनता पार्टीले उत्पात चुनाव जितेको छ) !’ यसले हल्ला र त्रास दुवै बढाएको छ । तर यो चाहिँ अज्ञानीको बहस हो । के नेपाल भारतजस्तै हिन्दु राष्ट्र हो ? होइन । चित्त नबुझे छलफल गरौँ । नेपालको पहिलो र ठूलो बस्ती ह्वाङ्हो (चीन) बाट बसाइँ सरेर आएका किराँतहरूको हो ।

पश्चिम उत्तरको ककेसियाबाट आएका खसहरूको आगमनकाल पनि सोही समयको हो । तर किराँत र खस दुवै समुदाय हिन्दु होइनन् । किराँतहरूको आफ्नै मौलिक धर्म छ । खसहरू त कुनै धर्म मात्रै होइन, धर्मको भिक्षा दिने देवदेवीको अस्तित्व नै स्वीकार गर्दैनन् । त्यसो भए हिन्दु राष्ट्र कहाँबाट आयो ? हामी धेरैलाई थाहा छ त्यो पनि भारतीय भूमिबाटै आयो ।

इसाको तेस्रो, चौथो शताब्दीबाट आरम्भ भएर दशौँ – एघारौँ शताब्दीको बीचमा हिन्दुस्तानबाट आएका हिन्दुहरूले नेपाललाई हिन्दु राष्ट्र भन्न थालेका हुन् । तिनै हिन्दुको पेलानमा पर्दै रैथाने नेपाली पनि हिन्दु भनिन थालेका हुन् । यो निष्कर्षलाई नपत्याउने अधिकार पनि छ पाठकहरूलाई । सिन्धु तरेर हिन्दु हुने आर्यहरूमा लडाइँ, झगडा गर्ने पौरख ठूलो थियो ।

सिन्धुघाँटी सभ्यतालाई तहसनहस तुल्याउने ती आर्यहरूका अगाडि पाखापखेरामा खेती गरी बसेका, पशुपालनलाई सबैभन्दा ठूलो व्यावसायिक काम गरेका खस र किराँतहरू टिक्ने सम्भावना पनि थिएन । आर्यावर्त बनाउने अभिलाषा बोकेका हिन्दुहरूले किराँतीहरूलाई पूर्व्तिर खेदेका हुन् भन्ने सत्य अहिले प्रमाणित भइसकेको छ ।

तिनीहरूले पाटनको च्यासलमा आमनरसंहार गरेको इतिहास पनि मरेको छैन । उपत्यकाबाट भागेर पूर्वदक्षिणतिर लागेका किराँतीहरू कहिल्यै हिन्दु भएनन् । खसहरू विस्तारै आर्यहरूसँग मिसमास हुन थाले । आफ्नो इतिहास बिर्सिएका खसहरू अहिले धार्मिक अन्योलमा छन् । पछिल्लो समयमा ज्ञानको ढोका खुल्दै जाँदा उनीहरू पनि आर्य हिन्दुहरूबाट छुट्टिन थालेका छन् ।

यसो हुँदा हिन्दु धर्म ८१ प्रतिशत नपुग्ने टुङ्गै छ । किनभने किराँत र खसहरूलाई एकै ठाउँमा राख्दा कति प्रतिशत हुन्छ त्यसको निर्णय पाठकहरूबाटै होस् । ‘नेपाल हिन्दु राष्ट्र होइन’ यो सत्य मैले नेपालकै ठूला नेता र अध्ययनशील बुद्धिजीवीबाट सारेको हुँ । नेपाली कँंग्रेका सभापति, जननायक, बी.पी. कोइरालाले २०३६ सालमै भन्नुभएको रहेछ – नेपाल हिन्दुराज्य हुँदै होइन ।

नेपाल निश्चय पनि धर्म्निरपेक्ष राज्य हो । धर्म्निरपेक्ष राज्यमा धार्मिक आस्था राख्ने स्वतन्त्रता हुन्छ । (२०३६ सालको ‘विक्ली मिरर’¬)विश्वको एकमात्र ‘हिन्दु राष्ट्र, हिन्दु राजा’ को दुन्दुभि बजेको बेला यति कडा शब्दमा आफ्नो मत राख्ने बी.पी. कोइराला अहिले फराकिलो नेपालमा हिन्दु राष्ट्र चाहियो भन्ने आन्दोलन गर्नुहुन्थ्यो ? त्यसैले नेपाली काँग्रेसका साथी हो –

गम्भीर भएर सोच्नुहोस् अनि मात्र धर्म र राज्यको बारेमा निर्णय गर्नुहोस् । होइन, बी.पी. कोइरालालाई हामी चिन्दैनांँै भन्नुहुन्छ भने मैले थप केही भनिरहनु नपर्ला । त्यतिबेला, हिन्दु धर्मको बिगबिगी कति थियो भने हिन्दु धर्मका पण्डितजीहरूले बुद्ध धर्मलाई हिन्दु धर्मको शाखा बनाएका थिए । शिखहरू पनि नेपालमा हिन्दु नै मानिन्थे । जहाँसम्म इसाई धर्मको कुरो छ, त्यसलाई ढाँट भन्छु म ।

किनभने प्रभु इशु भन्ने प्राणी सम्पूर्णमा काल्पनिक हुन् । युग परिवर्तन गर्ने महानता बोकेको दासविद्रोहको स्पार्टाकसको विद्र्रोह साम्य पार्न नसकेपछि रोमन सम्राटले तिनै स्पार्टाकसलाई ‘ब्युटिफिकेशन’ गरेर लामो कपाल भएका भगवान् बनाएर नागरिकलाई अलमल्याउने काम गरेका हुन् । तर विद्वान् इसाईहरू यो सत्यलाई स्वीकार्न मान्दैनन् ।

हाम्रातिरका अध्यात्मवादीहरूले बरु ढाँटेका छैनन् । तिनले बुद्धको नक्कली गाथा पनि गाएका छैनन् । सिद्धार्थ गौतम थिए । उनको दर्शन भौतिकवादी थियो । पछिका मानिसहरूले सिद्धार्थ गौतमलाई नै भगवान् बुद्ध बनाइदिए । अहिले गौतम बुद्धको सही परिचय खुलेको छ – विश्वका शान्तिदूत ।
इसाई धर्मका पण्डितहरूले दासविद्रोहका महान् नेता स्पार्टाकस नै हाम्रा भगवान् हुन् भनेर सत्य

नबोलेसम्म इसाई मतलाई ‘धर्म’ भन्नु भ्रम बाहेक अरू केही हुन सक्दैन । तर इसाई मतावलम्बी साह्रै धनी भएको हुनाले, आफ्नो ठगी धन्दाको व्यापार गरिरहन्छन् । कम्युनिस्टहरू त उसै पनि धर्म नमान्ने वितण्डा बोकेर बाँचिरहेकै छन् । तर किन ? यसको एउटा कारण पनि बुझिहालौँ । नेकपाका जननेता मदन भण्डारीले भन्नुभएको छ – राजा हिन्दु भएको हुनाले हिजो हिन्दु अधिराज्य भयो ।

अहिले सबै धर्मावलम्बीका प्रतिनिधिहरूले शासन गरेको हुनाले नेपाल धर्म्निरपेक्ष राष्ट्र हुनुपर्छ । (मदन भण्डारी ०४७ को संविधानको आलोचना । ) एकजना लेखक हुनुहुन्छ – सौरभ । उहाँका रचना पढेपछि मात्र उहाँको विद्वत्ताको कसी पत्ता लगाउन सकिन्छ । उहाँ भन्नुहुन्छ – नेपाल हिन्दु राष्ट्र हुँदै होइन । हामी शैव हौँ र शैवहरू हिन्दु होइनन् ।

हुन त जानी जानी सुतेकाहरूलाई उठाउन सकिँदैन । तर भ्रान्तहरूको भ्रममा परेकाहरूलाई सहयोग गर्न सकिन्छ । गोरखापत्रमा प्रकाशित
(लेखक नेकपाका नेता हुनुहुन्छ । )

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डढेलोले पारेको समस्या
डढेलोले पारेको समस्या
मंगलबारको मौसम : हिमपातको सम्भावना
मंगलबारको मौसम : हिमपातको सम्भावना
डा उपेन्द्र देवकाेटा नरहेको असत्य खबर सोसल मिडियामा भाइरल !
निर्वाचनप्रति पर्यटकको रुचि
निर्वाचनप्रति पर्यटकको रुचि
न्यायका लागि छट्पटिरहनु दुःखद् हो : राष्ट्रपति भण्डारी
न्यायका लागि छट्पटिरहनु दुःखद् हो : राष्ट्रपति भण्डारी
नयाँ बसपार्कमा सबै बस समितिका काउन्टर बन्द गर्ने निर्णय, अब कम्पनीका मात्रै
नयाँ बसपार्कमा सबै बस समितिका काउन्टर बन्द गर्ने निर्णय, अब कम्पनीका मात्रै
कास्कीमा गठबन्धनः सँधै दावीमै सकिन्छ बैठक, गठबन्धनले झनै अलमल
कास्कीमा गठबन्धनः सँधै दावीमै सकिन्छ बैठक, गठबन्धनले झनै अलमल
चलचित्रको पर्दामा पूरै कपडा उतार्ने बलिउडका ११ चर्चित अभिनेत्री
चलचित्रको पर्दामा पूरै कपडा उतार्ने बलिउडका ११ चर्चित अभिनेत्री
‘दुर्गा प्रसाईँले “अनशनले एक दुई मान्छे मरेर केही फरक पर्दैन“ भनेकोमा प्रधानमन्त्रीले म धेरै खुसी छु भनेपछि
प्रधानमन्त्री सवार जहाज होल्ड हुनुमा क्यानको कमजोरी, कारवाही गर्न सिफारिश
प्रधानमन्त्री सवार जहाज होल्ड हुनुमा क्यानको कमजोरी, कारवाही गर्न सिफारिश

तपाईंले छुटाउनुभयो कि?