विमान दुर्घटनास्थलमा सेना र प्रहरीकाे टाेली पुग्याे

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १६, २०७९
|
|
२९ पटक हेरिएको
Shares
विमान दुर्घटनास्थलमा सेना र प्रहरीकाे टाेली पुग्याे

सारांश

  • पोखरा।
  • नेपाली सेना र नेपाल प्रहरीकाे टाेली तारा एयरको विमान दुर्घटनास्थल पुगेकाे छ।
  • आइतबार सम्पर्कविहीन भएकाे विमान सोमबार बिहान मुस्ताङकाे थासाङ गाउँपालिका-२ मा भेटिएको थियाे।

पोखरा। नेपाली सेना र नेपाल प्रहरीकाे टाेली तारा एयरको विमान दुर्घटनास्थल पुगेकाे छ। आइतबार सम्पर्कविहीन भएकाे विमान सोमबार बिहान मुस्ताङकाे थासाङ गाउँपालिका-२ मा भेटिएको थियाे।

स्थानीयले खबर गरेपछि नेपाली सेना र प्रहरीको टोली घटनास्थल पुगेको छ। जहाज पुरै टुक्राटुक्रा अवस्थामा छ भने कोही पनि यात्रु ज्युँदो नरहेको त्यहाँ पुगेका उद्धारकर्मीले बताएका छन्।

सबैले शव संकलन गरिरहेको नेपाली सेनाको विजयपुर ब्यारेकका प्रमुख सेनानी प्रेम पौडेलले जानकारी दिए। हुस्सु र कुहिरोका कारण अझै हेलिकोप्टर राम्रोसँग उड्ने अवस्था नरहेको उनले बताए। सेनाका १ जना र प्रहरीका १ जनालाई हेलिकोप्टर मार्फत झारिएको हो।

(Ativan)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?