गाई काट्ने कुरा धर्मनिरपेक्षताको गलत बुझाई

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ९, २०७४
|
१७
|
२४ पटक हेरिएको
Shares
गाई काट्ने कुरा धर्मनिरपेक्षताको गलत बुझाई

सारांश

  • समिता केसी समृद्ध र विकसित राष्ट्र निमार्णको वेग्रगतीमा सरकार लागि रहेको बताउछ ।
  • सभ्य समाज निमार्णको लागि राज्य र आम नागरिकहरुमा उत्साहको नदि सुसाउदै बगि रहेको छ ।
  • तर दुःखका साथ भन्नुपर्छ ।

समिता केसी

समृद्ध र विकसित राष्ट्र निमार्णको वेग्रगतीमा सरकार लागि रहेको बताउछ । सभ्य समाज निमार्णको लागि राज्य र आम नागरिकहरुमा उत्साहको नदि सुसाउदै बगि रहेको छ ।

तर दुःखका साथ भन्नुपर्छ । बोक्सीको आरोपमा नारीले हिँसाको भारी रुँदै रुँदै बोकिरहनु परेको छ । एउटा नारी बोक्सी बन्छ र पूरा समाज दर्शक बनेर तालि ठोक्छ । हामी यता सुन्दर देश र समृद्धिको जोशिलो नारा लगाउँदै जिन्दावाद भन्छौं ।

अर्कोतर्फ जिम्मेवार पदमा पुगेको मानिसले राष्ट्रिय जनावर गाई काटेर खान पाउने कानून बनाउनु पर्छ भन्छन् । हिन्दु धर्मावालम्भिहरुको आस्था र आमाको मानकले सम्मान गरिने राष्ट्रिय जनावरको बारेमा यति घृणित र अपराधजन्य अभिव्यक्ति दिनु कहाँसम्मको हर्कत हो ? हामीले मासु खाएर मात्रै स्वस्थ र फुर्तिलो भईन्छ भन्ने मान्यता हटाउनु पर्छ । जनावर माथि भईरहेका हिँसालाई अन्त्य गर्दै जनावरको बाँच्न पाउने अधिकारलाई सुरक्षित गर्नुपर्छ ।

केही मानिसको दवाफ र केही उग्र मानिसको आडमा गाई काटेर खान पाउनु पर्छ भन्ने खालका अभिव्यक्ति राज्यले स्विकार गर्नु हुँदैन । यस्ता अपराधजन्य अभिव्यक्ति दिनेहरुलाई तत्काल कारबाहि गर्नुपर्छ । लोकतन्त्र यति नाङ्गो भएको हेर्ने रहर कसैलाई छैन् । लोकतन्त्रमा जे मन लाग्यो त्यही गर्न पनि छुट हुँदैन ।

लोकतन्त्र अनुशासनरहित भयो भने यस्ता हिँसाका दुखत घटनाहरु घटिरहेन छन् । यस्ता घटनाहरुमा संलग्न मान्छेको अनुहार मान्छेको जस्तै भएपनि व्यबहार पशुको जस्तो भएको खण्डमा यस्ता अमानविय हृश्यहरु देख्न र भोग्न पाईन्छ । नारा र कानूनको किताबमा समृद्धि र सुशासन लेखर मात्रै हुँदैन । अधिकारहरु व्यवहारमा उर्तान सक्नुपर्छ । श्वेत कागजमा सिमित अधिकार र कर्तव्यको  मूल्य रहँदैन । मैले चिनेकै व्यक्ति वा मैले सम्मान गर्ने व्यक्ति जो उहाँ सांसद हुनुहुन्छ ।

धर्म निरपेक्षताको गलत बुझाईमा तपाई जस्तो व्यक्तिले जन बिरोधी र राष्ट्रीय जनावरको अपमान गर्ने गरि किन अभिव्यक्ति दिनु भएको होला ? हाम्रो गाउँघरमा त गाईको गोबरले चुलो चौको पोत्ने गरिन्छ । पवित्रताको प्रतिकको रुपमा लिने गरिन्छ । यतिसम्म पनि थाह नभएका सांसदहरु बनेका छन् भन्ने मलाई लागेको थिएन । कता कता यस्तो लाग्न थालेको छ समानुपातिक प्राणालीले अयोग्य प्रतिनिधिको छनोट गर्यो । अनि शूरु भयो अनेक नाटक मञ्चन ।

कहाँसम्म पुुग्दा संस्कृति हुन्छ । कतासम्मको सिमा नाघे विकृति हुन्छ ? त्यसको बारेमा हामीले सोचेनौ भने कसरी देश समृद्ध र सुन्दर समाज निमार्ण हुन्छ । विश्व आफ्नो संस्कार र सँस्कृतिको जर्गेना गर्नको लागि कम्मर कसेर लागि रहेको छ । तर हामीले आफ्ना महत्वहरुलाई संरक्षण गर्नुको साटो भत्काईरहेका छौँ । हाम्रो दायित्व हामीले नै थाह पाएनौं भने कसले बताई दिन्छ ?

१२५ जाति १२३ भाषाभाषि बस्ने मुलुक नेपाल आजका दिनसम्म कुनै पनि धर्मको नाममा कुनै व्यक्ति र पक्षले अपहेलित हुनु परेको छैन् । त्यस्तो दिन आउन पनि नआहोस् । गलत कार्य केही स्वार्थ रहेका मानिसको भलाई त होला तर त्यसको परिणाम समाजले भोग्नु पर्दा सबैभन्दा नमिठो हुन्छ । जनप्रतिनिधिको हैसियतमा रहका व्यक्तिहरुको विपक्षमा बोल्नुपर्दा वा आपत्ति पर्कट गर्नुपर्दा नमिठो हामीलाई लाग्छ ।

समाजले ठाडो सिर उठाएर हिड्ने वातावरण गरिदिएको छ । यस्ता गैर जिम्मेवार पक्षहरुको बारेमा नबोल्दा नै उचित हुन्छ । त्यसैमाथि तपाई महिला नेतृबाट हामीले फरक आशा गरेका छौँ । यस्तो खालको अपेक्षा प्रति संम्बेदनशिल बन्नुपर्छ । नेपाली जाति र समुदाय भन्दा परको कुनै धर्म र जात छैन् । समतामुलक समाजको निमार्णमा जुटेर मुलुकको विकासमा लागौँ । ताकि महिला नेतृहरुको कामबाट सबैलाई गर्वगर्ने अवसर मिलोस् ।

लेखक युवासंघकी केन्द्रीय सदस्य हुन

प्रतिक्रिया

17 कमेन्ट

    Comment Author

    Dipak Poudel

    Good ho

    Comment Author

    Suren Duwal

    Ghanu par 6

    Comment Author

    Jank Paudel

    good tapai ko soch ramro xa

    Comment Author

    Iswor Ghimire

    100% Right.

    Comment Author

    Bhuvan Rana

    Pagal

    Comment Author

    Sharmasha Sharma

    Sahi ho

    Comment Author

    Bisnu Thapa

    good ho

    Comment Author

    Lama Keto

    hinduko po ama ho ta aru ko ta hoina ni gai ama ho vane timro janma dine ama ke hota goru chai bau hota timro jasle gailai rasthiya janawar banayo tye sabai vanda bebakub thiyo sale tero name ma yeuta rip diye maile

    Comment Author

    Gurung Man

    नेपाल हिन्दु भएको कहिले देखि हो ? हिन्दु बनाएपनि जब्बरजस्ति दलित भएका/बनाएका हरुले त मरेका गाई खादैं आएका थिए/छन ।खै तिनिहरु कारबाही भएको सुनेको थिएन/छैन त धर्म निरपेक्षाको अर्थ त बरु यि नानीले पो बुझेन छ क्यार ।

    Comment Author

    Krishna Gaudel

    गाई हाम्रो रास्टृय जनावर हो।
    कम से कम देश लाई त सोच।
    सन्सारले चिन्छ नेपाल लाई तेहि गाई र हिन्दुतो ले गर्दा सो नखायेर कोइ मोरे छैन भने किन बेकार मा हो हल्ला गर्ने लाई र देश मा असान्ती फैलाउने लाई साथ दिने?. बिचार हजुर हरु को । नेपाल र नेपाली सधै सबै भन्दा माथी मेरा लागि जात भात धर्म सबै तल देश सबै भन्दा माथी।

      Comment Author

      Asmita Kdl Gaudel

      haai..??

    Comment Author

    Keshav Kumar

    Hunuu prxa karbaee

    Comment Author

    Sita Shrestha

    Good so right

    Comment Author

    Dhakal Shova

    Sattama pugera baulaki ho

    Comment Author

    Dhakal Shova

    Gai katnele Bhai Pani katchan Ani bau dagu sabbai

    Comment Author

    Buddhi Sagar

    good tapai ko soch धेरै ramro xa.

    Comment Author

    Kebal Kc

    ई यू को प्रतिबेदन आउनु र गाइ काटेर खान पाउनु भन्नु नेपाल दोस्रो सिरिया बन्ने पक्का | इ यू जुन देसमा ( क्रिचियन देस बाहेक ) जान्छ त्यो देस मा जातिय हिँसा गरौछ | नेपालमा पनि मुर्ख नेपाली हरु को कारण ले गर्दा आज यस्तो अवस्था मा हामी पुगेका छौ |

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 17
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?